
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
गोरखा, १६ असार । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान रकम उपलब्ध गराएको छ । पालिकाले किसानलाई अनुदान दिन थालेपछि वर्षौंदेखि बाँझो रहँदै आएका जमिनमा खेती गर्नेको सङ्ख्या बढ्न थालेको छ ।
पालिकाले किसानलाई प्रोत्साहनस्वरुप प्रतिरोपनी रू तीन हजारसम्म अनुदान रकम उपलब्ध गराउन सुरु गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । अनुदान पाएपछि वर्षांैदेखि बाँझो रहँदै आएका नौ सय ३८ रोपनी जमिनमा किसानले खेती गर्न थालेका उहाँले बताउनुभयो ।
“आर्थिक वर्ष ०७७/७८ देखि गाउँपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानका लागि अनुदानस्वरुप प्रोत्साहन रकम दिन सुरु गरेको हो,” अध्यक्ष भट्टले भन्नुभयो, “अनुदान कार्यक्रमले किसानमा जमिन बाँभmो राख्नु हुँदैन, उत्पादनमा लाग्नुपर्छ भन्ने भावना विकास हुनुका साथै उत्साह पनि थपेको छ ।” उहाँका अनुसार तीन वर्षदेखि गाउँपालिकाले ‘बाँझो जग्गा उपयोग कार्यविधि २०७७’ कार्यविधि बनाएर अनुदान उपलब्ध गराउँदै आएको हो ।
अनुदान कार्यक्रम सुरु गर्नुभन्दा पहिला पालिकाभित्र कति खेतीयोग्य जमिन बाँझो भनी तथ्याङ््क सङ्कलन गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो । “प्राप्त तथ्याङ्कका आधारमा बाँझो जमिन राख्ने किसानलाई अनुदान उपलब्ध गराउन थालिएको हो”, उहाँले भन्नुभयो ।
गाउँमा पछिल्लो समय खेती गर्ने क्रम बिस्तारै घट्दै गएर कृषिजन्य वस्तुको आयात बढ्न थालेको अध्यक्ष भट्टको भनाइ थियो । स्थानीय उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले किसानका लागि प्रोत्साहन नीति ल्याएको उहाँले बताउनुभयो ।
कृषि उत्पादनमा पालिकालाई आत्मानिर्भर बनाउँदै कृषि पेसाबाट स्वरोजगारी सिर्जना गर्न पालिकाले सञ्चालन गरिरहेको किसानलाई प्रोत्साहन कार्यक्रम प्रभावकारी बनेको स्थानीय कृषक मोहन ढकालले बताउनुभयो । “जमिन बाँझो राखेर लाखौँ रुपैयाँ ऋण काढेर विदेश नै जानुपर्छ भन्ने सोचको विकास हामीमा छ,” उहाँले भन्नुभयो, “किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमले विदेश जानुभन्दा कृषि पेसाबाट पनि आत्मानिर्भर बन्न सकिन्छ भन्ने धारणा विकास गरिदिएको छ ।”
ढकालका अनुसार साँध सिमानामा छिमेकीले बाँझो जमिनमा खेतीपाती गर्न थालेका छन् । किसानलाई पनि अनुदान कार्यक्रमले राहत पुगेको भन्दै गाउँपलिकाभित्र कृषिजन्य वस्तुको उत्पादन वृद्धि भएको उहाँको भनाइ थियो ।
बाली र प्रकृति हेरी बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन बापत अनुदान रकम उपलब्ध गराउने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आर्चायले जानकारी दिनुभयो । “खाद्य र तरकारी बाली खेती गर्नेलाई प्रतिरोपनी रू तीन हजारसम्म, मसला बाली गर्नेलाई प्रतिरोपनी रू दुई हजार पाँच सयसम्म, फलफूल बाली लगाउने कृषक, कृषि समूह वा फार्मलाई प्रतिरोपनी रू दुई हजारका दरले अनुदान उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो ।
गाउँपालिकाले बनाएको कार्यविधिमा बाँझो जग्गाका बारेमा जानकारी नगराउने किसानलाई प्रतिरोपनी रू दुई सयका दरले जरिवाना तिराउने व्यवस्थासमेत गरिएको प्रशासकीय अधिकतृ आचार्यले बताउनुभयो । उहाँका अनुसार प्रोत्साहन रकम लिन चाहने किसानले पालिकाले तयार गरेको कृषक छनोट प्रक्रियामा सहभागी हुनुपर्ने छ ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण