
१पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
३फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
४कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
५गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
६भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
७पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
८बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२तिब्बतर्फ ताल पुन: फुट्यो
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
८पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
बेनी, १४ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको अर्कला जोड्ने गरी मराङखोलामा पक्की पुल निर्माण भएको छ । सात मिटर चौडाइ र २५ मिटर लामो पक्की पुल निर्माण भएसँगै धवलागिरि गाउँपालिका–५ मल्कबाङ र ६ मराङका स्थानीयवासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवतजावत गर्न सहज भएको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीले २०७६ माघ २९ गते दुई वर्षमा सक्नेगरी पोखराको फेवा सावित्री निर्माण कम्पनीसँग रु दुई करोड ७२ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले पुल निर्माण कार्य सम्पन्न गरेसँगै सवारीसाधनसमेत आवतजावत गर्न थालेको पूर्वाधार विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिनुभयो ।
कोरोना महामारीलगायत कारण ढिलासुस्ती भएको पुलमा अन्तिम पटक थप भएको समयसीमाभित्र निर्माण कम्पनीले काम सम्पन्न गरेको उहाँले बताउनुभयो । म्याग्दीका पाँच स्थानीय तह जोड्ने गरी रिङरोडको परिकल्पना गरेर निर्माण गरिएको मालिका गाउँपालिकाको केन्द्र दरबाङ, बिम हुँदै मराङ–मल्कवाङ र रघुगङ्गा गाउँपालिका–८ कुइनेखानी जोड्ने सडकअन्तर्गत मराङ खोलामा पुल नहुँदा सवारीसाधन खोलामै जोखिमपूर्ण तवरले आवतजावत गराउनुपर्ने बाध्यता थियो ।
पुल निर्माण भएपछि वर्षात्का समयमा समेत सवारीसाधन आवतजावत गर्न सहज भएको मराङका वडाध्यक्ष राजाराम उपाध्यायले बताउनुभयो । उहाँका अनुसार बर्खायाममा भलबाढी आउने अन्य चार ठाउँमासमेत पुल निर्माण गर्न बाँकी छ । यसैबीच पुलको अर्कलातर्फको सडक स्तरोन्नतिका क्रममा व्यवस्थित ढल निकास नहुँदा सडकको भल पुलमाथि नै जाने भएपछि पुलमा भलबाढीले क्षति गर्ने जोखिम बढेको छ । सडकको भलबाढीलाई व्यवस्थित निकास दिन आवश्यक पूर्वाधार बनाउन मालिका गाउँपालिकालाई पत्राचार गर्ने तयारी गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार