
१पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
३फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
४कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
५गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
६भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
७पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
८बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२तिब्बतर्फ ताल पुन: फुट्यो
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
केदार मगर, खोटाङ, ४ असार । केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका ११ वर्षीय आशिष विश्वकर्मा दैनिकजसो फेदीकै विभिन्न ठाउँमा पुग्ने ट्र्याक्टरमा झुन्डिएर यात्रा गरिरहेका भेटिन्छन् । गाउँमा हुने विकासे कामका लागि ढुङ्गा तथा बालुवा/गिट्टी बोक्न प्रयोगमा ल्याइएको ट्र्याक्टरमा ओहोरदोहोर गरेर दिन बिताउँदै आएका आशिषको घरमा आठ वर्षीया बहिनी अङ्कुमात्र छिन् ।
आमाले दोस्रो विवाह गरेर गएपछि लालनपालन गर्दै आएका बुबाले समेत आत्महत्या गरेपछि विश्वकर्मा दाजु/बहिनी आशिष र अङ्कु बिचल्लीमा परेका छन् । बुबा र आमा दुवै नभएपछि अभिभावकविहीन बनेका आशिष र अङ्कुको लालनपालन तथा शिक्षादीक्षाको व्यवस्थापनमा गम्भीर समस्या सिर्जना भएको छ । आमाले छाडेर अर्कैसँगै पोइल गएको केही समयपछि बुबा दीपेश विश्वकर्माले पनि २०७९ साल चैतमा आत्महत्या गरेको स्थानीयवासीले बताएका छन् । अङ्कु चन्द्रोदय आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत रहेकी छन् भने आशिष सोही विद्यालयको कक्षा ३ मा अध्ययन गर्दागर्दै ट्र्याक्टर पछ्याउन थालेका हुन् ।
बाबुआमा दुवै नभएपछि अभिभावकत्वको अभावमा अनाथ बनेका ती बालबालिका नियमित विद्यालय आउन छाडेको विद्यालय प्रशासनले जनाएको छ । बुबा बितेपछि केही समय बालाबेँसीमा रहेका काका लेखनाथ विश्वकर्माको घरमा आश्रय लिन पुगेका उनीहरू पुनः आफ्नै घरमा फर्किएको स्थानीय बासिन्दाले बताएका छन् । दीपेश वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहेका समयमा श्रीमतीले दोस्रो विवाह गरेर हिँडेको जनाइएको छ । श्रीमतीले अर्कैसँग विवाह गरेर पोइल हिँडेपछि घर आएर कान्छी श्रीमती ल्याएका दीपेशले पुनः विदेश गएर घर फर्किएको वर्ष दिन नबित्दै आत्महत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
दुवैजना बुबाआमाविहीन बनेका विश्वकर्मा दाजु/बहिनीलाई व्यवस्थापन गर्न चुनौती रहेको फेदीका वडाध्यक्ष नीरकुमार राईले बताउनुभयो । “वडामा सीमित बजेट हुन्छ । वडा कार्यालयका तर्फबाट केही सम्बोधन गर्न सकिने अवस्था छैन । फेदीमा उनीहरूजस्तै धेरै बालबालिका समस्यामा छन्”, उहाँले भन्नुभयो, “बुबाआमा दुवै भएका बालबालिकाका लागिसमेत उपयुक्त ठाउँमा विद्यालय नहुँदा पठनपाठनमा समस्या छ । उनीहरू (आशिष र अङ्कु)को हकमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”
ज्यालादारीको कामसमेत गर्न नसक्ने आशिष र अङ्कु अहिले अरूले दिएको खाना तथा खाजाको भरमा दिन कटाउन बाध्य छन् । अरूको भरमा जीवन धान्दै आएका उनीहरू कतिपय समयमा भोकै रहनेको गरेको पाइएको छ । रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने