
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
गलेश्वर, ११ जेठ । हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रुख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित बनेको छ ।
बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि पुष्परसको अभावका कारण मह उत्पादन घट्दै गएको किसानको भनाइ छ ।
त्यसैगरी वातावरणीय प्रदूषण र जलवायु परिवर्तनका कारण विभिन्न किसिमका रोगकीराको प्रकोप देखिन थालेका ज्यामरुककोटका मौरीपालक किसान बलबहादुर घिमिरेले बताउनुभयो ।
गत आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा जिल्लाभर यसवर्ष मह उत्पादन घटेको हो । जिल्लाका विभिन्न स्थानमा किसानले गरेको मौरीपालन व्यवसायबाट यसवर्ष जम्मा १२ हजार केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
जिल्लामा रहेका दुई हजार पाँच सयवटा मौरीका आधुनिक घारबाट सो परिमाणको मह उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले जानकारी दिनुभयो ।
विगतका वर्षमा वार्षिक २० हजार केजीभन्दा बढी मह उत्पादन हुने गरेकोमा आर्थिक वर्ष २०७९/८० मा १७ हजार ६ सय केजी मह उत्पादन भएको हो ।
पछिल्लो समय महको उत्पादनमा कमी आउन थालेपछि मौरीपालन व्यवसायमा आबद्ध किसान भने चिन्तित बनेका छन् । मौरीले एक पटकको विचरणमा एकै जातका बालीका फूलमा मात्रै विचरण गरी परागसेचन गर्ने मौरी विशेषज्ञ बताउँछन् । जुन क्रियाले पृथ्वीको आधारभूत पारिस्थितिक प्रणाली कायम रहेको उनीहरुको भनाइ छ ।
‘द बी किपर्स लेमेन्ट’ पुस्तकमा मौरीलाई कृषि जैविक विविधता प्रणालीको गमका रूपमा प्रस्तुत गरिएको छ ।
विभिन्न जर्नलअनुसार संसारमा मौरीका दुई हजार एक सय प्रजाति छन् । विज्ञानले मात्रै नभएर वेदले पनि मौरीको महत्वपूर्ण योगदान उद्गार गरेको छ ।
ऋग्वेदमा मौरीलाई परागसेचन गर्ने, मह उत्पादन गर्ने र सम्पूर्ण जीवजन्तुलाई कल्याण गर्ने जीवका रूपमा प्रस्तुत गरिएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार करिब ९० प्रतिशत जङ्गली फूल फुल्ने प्रजाति, ७५ प्रतिशत खाद्यबाली र ३५ प्रतिशत कृषिबाली जीव परागसेचनमा निर्भर छन् ।
परागसेचनले खाद्य सुरक्षा र जैविक सुरक्षामा ठूलो योगदान पु¥याइरहेको छ । जीव परागसेचनको ८० प्रतिशतभन्दा बढी परागसेचन कीराबाटै हुनेगर्छ ।
कीराबाट हुने परागसेचनमा सबैभन्दा बढी हिस्सा करिब ८० प्रतिशत मौरीले ओगट्ने ‘द बी किपर्स लेमेन्ट’ मा उल्लेख गरिएको छ । उपयुक्त शारीरिक बनावट, अति शक्तिशाली सञ्चार प्रणाली, उष्णदेखि लेकाली हावापानीमा सजिलै काम गर्नसक्ने क्षमताका कारण मौरी सबैभन्दा उच्च परासेचक हो ।
वैज्ञानिक र आध्यात्मिक दुवै दृष्टिकोणको अत्यन्त महत्वपूर्ण मानिएको मौरी र मह पछिल्लो समय जलवायु परिवर्तन र मानवीय लापबाहीका कारण सङ्कटमा पर्दै गएकोप्रति जानकारहरुले चिन्ता व्यक्त गरेका छन् ।
म्याग्दीको मौरीपालन व्यवसायमा थाईस्याकग्रुड र युरोपियन फउलग्रुड रोगको प्रकोप देखिएको थियो । रोग र कीराको प्रकोपले गर्दा मौरीको घारमा मह, कुट, अण्डा, लार्भा र छाउरा नष्ट हुनुका साथै महका पोला रित्तै भएपछि महको उत्पादन घटेको किसानहरुले गुनासो गरेका छन् । एक वर्षमा सिजनअनुसार तीन पटकसम्म मह काढ्ने गरिन्छ ।
म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको डडुवामा मात्रै ७५ प्रतिशत मौरीमा रोगकीराको प्रकोप देखिएपछि रोकथामका लागि उपचार गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सिग्देलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जाडो र चिसो मौसमका कारण मौरीले चिसो सहन नसकेपछि प्रकोप देखिनुका साथै सुलसुले र मैनपुतलीको समेत प्रकोप देखिएको थियो ।
म्याग्दी जिल्लामा पहाडी क्षेत्रमा हुने सेरेना प्रजातिको मौरीलाई व्यावसायिक रुपमा पाल्ने गरिएको छ । अहिले जिल्लाभर तीन सयभन्दा बढी किसान मौरीपालन व्यवसायमा संलग्न भए पनि व्यावसायिक रुपमा जम्मा २० जना किसान क्रियाशील रहेको कृषि ज्ञान केन्द्र्रको तथ्याङ्क छ ।
मौरीपालनमा किसान धेरै देखिए पनि व्यावसायिक बन्न सकिरहेका छैनन् । पछिल्लो केही वर्षयता मौरीमा विभिन्न किसिमको रोग तथा कीराको प्रकोप देखिएपछि मह उत्पादनमा कमी आएको छ । मौरी र मह उत्पादनका लागि मौसम प्रतिकूल हुनु, रोगकीराको प्रकोप फैलनु, पर्याप्त फूल समयमा नफुल्नु, चरन क्षेत्रको अभाव तथा जिल्लाभन्दा बाहिरबाट मौरी आयात गर्नुपर्ने बाध्यताको कारणले मह उत्पादन घट्दै गएको छ ।
किसानले मह उत्पादन गर्नेभन्दा पनि मौरीसहित घार बिक्री गर्ने हुँदा पनि मह उत्पादनमा कमी आएको हो । म्याग्दीको बेनी नगरपालिकाको सुर्केमेला, सिङ्गा, डम्बरा, डडुवा, मङ्गला गाउँपालिकाको पूर्णगाउँ, कुहुँ, भर्जुला, रघुगङ्गाको राखुक्षेत्र, अन्नपूर्णको शिख, मालिकाको दरबाङ, दिच्याम, धवलागिरिको ताकम, हिलापोखरीलगायत क्षेत्रमा मह उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । कृषि ज्ञान केन्द्र र स्थानीय तहबाट किसानलाई अनुदानमा घार सहयोग, विभिन्न समयमा तालिम गोष्ठी प्रदान र बीउ पुँजीलगायत सहयोग हुँदै आएको छ ।
राम्रोसँग मौरीपालन गर्न सकेमा एक सिजनमा एउटै घारबाट झण्डै आठ केजीसम्म मह उत्पादन हुनसक्ने किसानसँग अनुभव छ । अहिले प्रतिकेजी महलाई रु एक हजार छ सय पर्दछ ।
म्याग्दीमा उत्पादित मह नेपालको विभिन्न जिल्ला हुँदै विदेशको जापान, कतार, साउदी, बहराईन जस्ता मुलुकमा प्रवासी नेपालीले पु¥याउने गरेका छन् ।
किसानले मह, घार, मौरीसहित महको पोला र मौरीसँगै घार बिक्री गरेर वार्षिक रुपमा मनग्य आम्दानी गर्दछन् । म्याग्दीका किसानले काठ तथा आधुनिक घारमा मौरी पाल्दै आएका छन्भने महलाई औषधि र पूजाआजामा प्रसादको रुपमासमेत प्रयोग गरिन्छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन