
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
रोल्पा, ३१ वैशाख । रोल्पाका तीन हजार बढी घरमा खरको छाना हटाएर जस्तापाता लगाइएको छ । जिल्लाका तीन हजार एक सय ६९ घरधुरीमा जस्तापाता राखिएको हो । यसका लागि सङ्घीय र स्थानीय सरकारले रु १५ करोड ६७ लाख १३ हजार खर्च गरिसकेका छन् । खरको छानो हटाएसँगै वर्षात्को समयमा पानी चुहिने र सु्क्खा मैसममा आगलागी हुने समस्याबाट मुक्त भएका छन् ।
रोल्पा नगरपालिकामा एक हजार दुई सय ३८ वटा घरमा फुसको छाना भएकामा हालसम्म छ सय ७८ घरको छाना फेरिएको छ । नागरिक सुरक्षित आवास कार्यक्रमबाट दुई सय ३२ र फुसको छाना विस्थापित कार्यक्रमबाट चार सय ४६ घरको छाना फेरिएको हो । पाँच सय ६० घरमा फुसको छाना फेर्न बाँकी रहेको रोल्पा नगरपालिकाका योजना अधिकृत सुशील थापाले बताउनुभयो । यस कार्यक्रमका लागि सङ्घीय सरकार र नगरपालिकाको रु तीन करोड १२ लाख खर्च भइसकेको छ । सङ्घीय सरकारको नागरिक सुरक्षित आवास कार्यक्रम र स्थानीय सरकारको फुसको छानो विस्थापन कार्यक्रम सुरु भएपछि जिल्लाका विपन्न समुदायका धेरैलाई राहत पुगेको छ ।
रुन्टीगढी गाउँपालिकाले फुसको छाना हटाइएको छ । यहाँका फुसको छाना भएका एक हजार छ सय ३१ घरमध्ये हालसम्म एक हजार १२ घरधुरीको छाना फेरिएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिनुभयो । सो गाउँपालिकामा यस शीर्षकमा सङ्घीय सरकार र स्थानीय तहको रु पाँच करोड छ लाखभन्दा बढी बजेट खर्च भएको छ ।
त्रिवेणी गाउँपालिकामा टिनको छाना लगाउन छनोट भएका पाँच सय १४ मध्ये तीन सय ८८ घरको छाना फेरिएको गाउँपालिकाले जानकारी दिएको छ । यसका लागि उसले सङ्घीय सरकार र स्थानीय सरकारको रु एक करोड ९४ लाख खर्च गरेको छ । परिवर्तन गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रमअन्तर्गत दुई सय घर छनोट भएका थिए । उसले छनोट भएकामध्ये एक सय ६४ घरको छाना फेर्न रु ५१ लख ९३ हजार दिइसकेको छ ।
गङ्गादेव गाउँपालिकामा चार सय ४८ घरको छाना फेर्ने कार्यक्रम छ । सो गाउँपालिकाले यस काममा रु एक करोड ६८ लाख खर्च गरिसकेको छ भने चालु आर्थिक वर्षका लागि समेत ५६ लाख बजेट विनियोजन गरेको छ । सुनिल स्मृति गाउँपालिकाले हालसम्म चार सय एक घरमा फुसको छानाका साटो टिनको छाना लगाएको छ । सङ्घीय सरकारको सहयोगमा दुई सय ३६ घर र गाउँपालिकाको कार्यक्रमअन्तर्गत एक सय ६५ घरमा टिनको छाना हालिएको हो ।
लुङ्ग्री गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रमअन्तर्गत ७० घरमा टिनको छाना लगाएको छ । छनोट भएका एक सय १० घरमध्ये ७० घरमा टिनको छाना लगाइसकिएको छ । बाँकी घरमा पनि टिनको छाना लगाउन सहयोग गर्ने गाउँपालिकाले बताएको छ । थवाङ गाउँपालिकाले नागरिक सुरक्षित आवासअन्तर्गत काठको छानाका सट्टामा टिनको छाना लगाउन छनोट भएका एक सय २१ घरमध्ये ५७ घरको छाना फेरिएको छ ।
फुसको छानाको घरमा पटक–पटक आगलागीको समस्या भोग्ने गरेका थिए । दुई–तीन वर्षको अन्तरालमा छाना फेरिरहनुपर्ने समस्याका साथै पानी चुहिने समस्यासमेत भोग्दै आएका रोल्पालीको अहिले एकैपटक सबै समस्या हल भएको छ । रोल्पामा खर तथा काठले घर छाउने चलन पुरानो हो । थवाङ, सुनछहरी र परिवर्तन गाउँपालिकाका केही वडामा काठले छाना छाउने गर्दछन् भने अन्य पालिकामा खरले छाउने गर्दछन् । सम्पन्न व्यक्तिले स्लेटढुङ्गा र टिनले छाउँछन् । खर र काठले छाएका घरमा पानी चुहिने, आगलागी हुने डर हुने गरेको थियो । -रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी