
१गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
२पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
३३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
४वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
५गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
६पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
७गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१०एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
११कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
दमौली, १७ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ । अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन् ।
दगाम स्थानथोक भुजिकोट खानेपानी आयोजनाको सोलारमा समस्या देखिएपछि दगाममा खानेपानीको अभाव भएको स्थानीय नन्दु थापामगरले बताउनुभयो । “दुई हप्तादेखि सोलारमा समस्या आएको छ, एकपटक मर्मत ग¥यो पुनः बिग्रिन्छ”, उहाँले भन्नुभयो, “सोलारमा समस्या आएपछि पर्याप्त पानी आएको छैन ।”
सोलारमा समस्या आउँदा घर–घरमा वितरण गरिएको धाराबाट पर्याप्त पानी आएको छैन । यसका कारण स्थानीयवासी पँधेरामा पुगेर डोकोमा बोकेर पानी ल्याउन बाध्य छन् । उहाँका अनुसार स्थानीयवासी घरबाट आधा घन्टाको दूरीमा रहेको पँधेराबाट पानी ल्याउन बाध्य छन् । “पानी पर्याप्त नआएका कारण बिहानै उठेर पँधेरामा पुगेर पानी ल्याउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “उक्त पँधेरा धेरै वर्ष पुरानो हो, खानेपानी योजना बन्नुभन्दा पहिला यहाँका स्थानीयले त्यहीँको पानी उपभोग गर्दथे ।”
स्थानीय कमला थापाका अनुसार पानीको अभाव भएपछि बिहानै उठेर पँधेरामा गएर पानी ल्याउनुपर्ने बाध्यता छ । खानेपानी योजना सम्पन्न भएपछि पानीको दुःख हटे पनि अहिले सोलारमा समस्या आउँदा सास्ती भएको उहाँको गुनासो छ । दगाममा ४१ घरधुरी छ । अहिले सबै घरमा खानेपानी योजनाबाट पर्याप्त पानी आएको छैन ।
“सोलार प्यानलका बारेमा हामीहरूलाई पनि धेरै ज्ञान छैन, बिग्रिएको बेला प्राविधिक आएर बनाइदिन्छन्, केही समयपछि फेरि बिग्रिन्छ”, उहाँले भन्नुभयो । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको कोत्रेबजारबाट सात किलोमिटर दूरीमा दगाम गाउँ छ । यो गाउँ मह उत्पादनका लागि पनि प्रख्यात छ । यहाँका स्थानीयवासी घरबास सञ्चालनमा समेत लागेका छन् । -रासस
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ