
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
बलेवा, १५ वैशाख । ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पु¥याउँदा हैरान छन् । बारीमा लगाएको आलु, फापर र तरकारीमात्रै होइन घरमा रहेका स–साना बालबालिका र वृद्धवृद्धा बँदेलको आक्रमणमा पर्लान् भन्ने त्रास छ ।
सिकार आरक्षमा बँदेलको सङ्ख्या बढ्दो छ । वैधानिकरूपमा अनुमति लिएर बँदेलको सिकार गर्न पाइन्छ । तर पछिल्लो पाँच वर्षमा बँदेलको सिकार हुनसकेको छैन । आरक्षमा बँदेल सिकारीको रोजाइमा बँदेल परेन । नाउर, झारल, बँदेल, रतुवा र मृगको सिकार हुँदै आएको ढोरपाटनमा आर्थिक वर्ष २०७३/७४ पछि बँदेलको सिकार हुन नसकेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो ।
ढोरपाटनमा हरेक वर्ष असोज–कात्तिक र फागुन–वैशाखयाममा नाउर, झारल र बँदेल सिकारका लागि बोलपत्र आह्वान गरेर अनुमति दिइन्छ । हरेक वर्ष नाउर र झारलको सिकार भइरहे पनि बँदेलको सिकार शून्य रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।
ढोरपाटनमा गत आव २०७८/७९ देखि नाउर र झारलको सिकार गरे पनि बोनसको रूपमा बँदेलको सिकार गर्न रोक लगाएर छुट्टै अनुमति लिनुपर्ने व्यवस्था गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट यस वर्षको दोस्रो सिजनमा १२ नाउर, नौ झारल र ११ बँदेलको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिए पनि बँदेलको सिकारका लागि सिकारीले इच्छा नदेखाएका हुन् ।
कँडेलले यस वर्षको अघिल्लो याम (असोज–कात्तिक)मा बोलपत्र स्वीकृत भए पनि दुई नेपाली सिकार गर्न नआएको बताउनुभयो । “अघिल्लो याम बोलपत्र स्वीकृत भए पनि बँदेल सिकारका लागि सिकारी आएनन्”, कँडेलले भन्नुभयो, “यस वर्ष बोलपत्र स्वीकृत नभएपछि सिकारी यस याममा पनि नआउने निश्चित देखिन्छ ।” बँदेल सिकार रातिमा उत्तम रहेकाले पनि सिकारीले इच्छा नदेखाएको हुनसक्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।
पहिले नाउर र झारलको सिकार गरेवापत बोनसका रूपमा रतुवा र बँदेल एक–एकवटा सिकार गर्न दिइने गरे पनि अहिले त्यसको व्यवस्था नभएको हिमालयन आउट फिटर्सका सञ्चालक अतुल खड्काले बताउनुभयो । उहाँले अहिले बँदेलको सिकारका लागि पनि बोलपत्रमार्फत स्वीकृत हुनुपर्ने भएकाले सिकारीले इच्छा नदेखाएको बताउनुभयो ।
सञ्चालक खड्काले नेपालीका लागि सिकार गर्न विभागले सहज वातावरण बनाइदिनुपर्ने बताउनुभयो । प्रक्रिया नबुझेर पनि नेपाली सिकारी नआउने गरेका हुन् । त्यसका लागि विभागले जानकारी दिनुपर्ने उहाँको धारणा छ । स्थानीय गङ्गा भण्डारीले ढोरपाटनवासीको मुख्य खेती आलु भए पनि बँदेलले क्षति पु¥याउँदा हरेक वर्ष घरव्यवहार चलाउन गाह्रो पर्दै आएको बताउनुभयो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी