
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा ५ वैशाख । पोखराको पुरानो लोकपप ब्याण्ड ‘लेकाली’ साङ्गीतिक यात्राका क्रममा युएई जाने भएको छ । कोभिड–१९ महामारीपछि लेकाली पहिलो विदेश यात्रामा निस्कन लागेको हो । यही अप्रिल २२ मा दुबई र २३ मा आवुधावीमा ‘लेकाली ब्याण्ड लाइभ इन कन्सर्ट’ आयोजना हुने ब्याण्डका सदस्य नवीन गुरुङले जानकारी दिनुभयो ।
युएईमा रहेका नेपाली समुदायको आयोजना र व्यवस्थापनमा कार्यक्रम हुन लागेको उहाँको भनाइ छ । “कोभिड महामारीपछि कन्सर्ट लिएर पहिलोपटक विदेश जाँदैछौँ”, उहाँले भन्नुभयो, “युएईपछि अरु देशमा पनि जाने तयारी छ ।”
ब्याण्ड स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा विदेशयात्रा तय गरिएको हो । ब्याण्डमा गायक नवीनसहित विशाल, भाइ, कुन्दन, अमित र चाइनिज गुरुङ गरी छ सदस्य छन् । विसं २०५२ स्थापित सो ब्याण्डका ‘यो मुटुमा’, ‘वनमा कस्तुरी’, ‘पहिलो नजर’लगायत गीत चर्चित छन् ।
लेकालीले विसं २०५४ मा पहिलो एल्बम ‘यो मुटुमा’ सार्वजनिक गरेको थियो । त्यसपछि ‘मानस’, ‘मोहिनी’, ‘फर्कि हेर्दा’लगायत एल्बम स्रोतामाझ ल्याएको थियो । पोखरामा साङ्गीतिक गतिविधि सुस्ताएपछि बीचमा केही समय ब्याण्ड निस्क्रियजस्तै बनेको थियो ।
ब्याण्डका नयाँ–पुराना सदस्य मिलेर लेकालीलाई फेरि पुरानै लयतिर फर्काउने प्रयासमा लागेका हुन् । स्थापनाकालमा ब्याण्डमा रहेका कतिपय कलाकार अहिले विदेशमा छन् । लेकालीले पोखरालगायत देशका विभिन्न ठाउँमा हुने मेला–महोत्सवमासमेत प्रस्तुति दिँदै आएको छ ।
यसअघि लेकालीले हङ्कङ, बेलायतलगायत देशमा लाइभ कन्सर्ट गरिसकेको छ । जापान, कोरिया, मकाउलगायत देशमा कन्सर्टको तयारी भइरहेको लेकालीले जनाएको छ । सङ्गीतमा नेपालीपन लेकाली ब्याण्डको विशेषता हो । “बजारमा के चलेको भन्दा पनि पछिसम्म कालजयी हुने गरी गीतसङ्गीत सिर्जना गर्छौँ”, ब्याण्डका अर्का सदस्य अमितले भन्नुभयो । -रासस
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन