
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
मनाङ, २ वैशाख । हिमाली जिल्ला मनाङमा वर्षायाममा वर्षात् र हिउँदमा हिमपातका कारण विकास निर्माणका काममा बाधा पुग्ने गरेको छ । वर्षमा करिब पाँच–छ महिना मात्र काम गर्न मौसम अनुकूल रहन्छ । जिल्लामा विकासका योजना धेरै छन् । केही निर्माणका क्रममा छन् भने केही सम्झौता सकिने बेलासम्म प्रक्रियामा नै पुगेका छैनन ।
मनाङका विभिन्न नदी खोला नदीमाथि बन्न लागेका पुलका लागि बजेट आए पनि काम हुनसकेको छैन । मस्र्याङ्दी नदीमाथिको पुल, दूधखोलालगायत नदी खोलामाथि पुल निर्माण गर्न बजेट विनियोजन भए पनि कामले गति लिन नसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले जानकारी दिनुभयो । ठेकेदार कम्पनीको लापरवाहीका कारण काम अगाडि बढ्न नसकेको हो ।
“चालु आर्थिक वर्र्षमा जिल्लामा पाँच पुल निर्माण गर्न बजेट विनियोजन भएको छ, दुई पुलको काम सकिएको छ, अन्यको प्रक्रिया नै अगाडि बढेको छैन”, विष्टले भन्नुभयो, “एउटा पुल निर्माण सम्पन्न भए पनि बाढीपहिराका कारण भत्किएको छ, त्यसलाई पुनःनिर्माण गर्नुपर्ने छ ।”
निर्माणमा संलग्न कम्पनीका प्रतिनिधिलाई प्रमुख जिल्ला अधिकारीमार्फत ताकेता गर्ने काा भइरहेको उहाँले बताउनुभयो । मनाङमा बन्ने सबै पुल निर्माणका लागि प्रतिपुल रु दुई करोडका दरले बजेट विनियोजन भएको छ । सबै पुलको सम्झौता असार मसान्तमा सकिन्छ, तर काम भने अगाडि बढ्न सकेको टैन ।
चिसो बढ्दै गएपछि हिमाली जिल्ला मनाङमा विकास निर्माणका कार्य पूर्णरूपमा रोकिन्छन् । गत वर्ष निरन्तरको वर्षाले क्षति पु¥याएको भौतिक संरचना निर्माणकार्यका काम थपिएको छ । विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रोलगायतको विकास निर्माणका कार्यमा समस्या हुन्छ ।
यतिबेला मनाङमा मौसम अनुकूल रहेको छ । यसले गर्दा कामले गति लिनुपर्ने हो । तर त्यस्तो हुन नसकेको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले बताउनुभयो । “केही निर्माणका कार्य भइरहेका छन्, पुलको काम अगाडि बढाउन ठेकेदारलाई सम्पर्क गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो ।
हिउँदमा हिमपातका कारण सदरमुकाम चामे, नासाें गाउँपालिका क्षेत्रमा केही कार्य निर्माण गर्न सकिन्छ । तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधार निर्माणकार्य पूर्णरूपमा रोकिने गर्दछ । हिउँदमा जिल्लाको चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम गर्न सकिँदैन । मनाङको मेरुदण्डको रूपमा रहेको चामे–बेँसीसहर सडकखण्डको निर्माण पनि मौसम अनुकूल भएपछि निर्माणको काम भइरहेको छ । प्रायःजसो मनाङको विकास निर्माणको काम तीनदेखि पाँच महिनासम्म गर्न सकिन्छ ।
उक्त सडकखण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिकरूपमा बजेट विनियोजन हुँदै आएको छ । मनाङको सहज यातायातका लागि सरकारले विशेषरूपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलान गरिएको छ । सडकखण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रु छ–छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।
डुम्रे–बेँसीसहर–चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङको पहलमा सङ्घ सरकारले कुल रु ६० करोड विनियोजन भएको छ । आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेँसीसहर–चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना रहेको कार्यालयले जनाएको छ ।
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर