
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
काठमाडौँ, २ वैशाख । नेपालभर चलचित्र प्रदर्शन भएवापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ ।
विसं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरू नहुँदा निर्माता वितरककै तथ्याङ्कमा भर परिरहेका थिए । चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणालीमार्फत कुन चलचित्र भवनमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क निर्माता तथा वितरकले थाहा पाउँछन् ।
यो प्रणाली जडान भएको तीन वर्ष पूरा भइसक्दा पनि यसको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको छ । बोर्डले २०७९ सालमा प्रदर्शन भएको एक सय ३५ मध्ये एक सय ३२ चलचित्रको कूल व्यापार सार्वजनिक गरेपछि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ को सार्वजनिक भएको विवरणलाई लिएर निर्माण समूहले आपत्ति जनाएको छ ।
गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ ले बोर्डको विवरणअनुसार छ लाख आठ हजार चार सय दुई टिकेट बिक्री भएवापत रु १६ करोड ९४ लाख ३४ हजार छ सय ३४ कूल व्यापार गरेको छ ।
प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ । चलचित्रका लेखक तथा निर्मातासँगै कलाकार रहनुभएका दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत नै सार्वजनिक भएको विवरण ठीक नभएको प्रतिक्रिया दिनुभयो । चलचित्रका अर्का निर्माता निर्मल शर्माले पनि बोर्डको सार्वजनिक विवरण कम देखिएको जानकारी दिनुभयो । “हामी छलफल गरेर यसबारे जानकारी दिने तयारीमा छौँ । यद्यपि बोर्डले सार्वजनिक गरेको विवरणमा निकै फरक परेको छ । यसबारे आधिकारिक धारणा नै सार्वजनिक गर्छौँ”, निर्माता शर्माले भन्नुभयो ।
बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा सामान्य फरक भने पर्न सक्ने बक्स अफिस अधिकृत प्रवीण पाण्डेले जानकारी दिनुभयो । “सबै चलचित्र भवनमा बक्स अफिस प्रणाली जडान भए पनि अनुगमनको अभावमा केही हेरफेर हुनसक्छ । केहीले नियतबस पनि गरिरहेका हुन्छन् । तर बोर्डले यसमा अनुमगन बढाएको छ”, अधिकृत पाण्डेले भन्नुभयो, “हामीसँग रहेको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेका हौँ ।”
यसैबीच बोर्डका अध्यक्ष भुवन केसीले व्यापारबारे फैलिने भ्रम हटाउन वैशाखदेखि मासिक रुपमा बक्स अफिस विवरण सार्वजनिक गर्ने जानकारी दिनुभयो । “सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाटै निर्देशन भएपछि वार्षिक विवरण बाहिर ल्याएका हौँ । अब मासिक रुपमा ल्याउने छौँ”,अध्यक्ष केसीले भन्नुभयो । मासिक रूपमै विवरण सार्वजनिक हुँदा व्यापारलाई लिएर भ्रम सिर्जना नहुने उहाँको विश्वास छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो