
१सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
२२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
३मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
४गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
५गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
६सिर्जनाको हत्यामा थप दुईजना आफ्नै भाञ्जा र ज्वाई पक्राउ
७सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
८सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरु अझै फरार
९अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
१०मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
११डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
१२सेनाद्वारा अन्नपूर्ण गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
९अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
१०मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
११कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
१२महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
चौतारा, २२ चैत । जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्नुहुन्छ सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा ।
उमेरले ७० टेक्नुभएका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आउनुभएको छ । जब गाउँमा कसैकोे बिहे हुन्छ । कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा स्थानीयले उहाँलाई दिने गर्छन् । वृद्धा अवस्था लाग्दा पनि शेर्पा आफ्mनो पेसालाई नछोडी युवा जस्तै सक्रिय रही आफ्नो कर्म गर्दै आउनुभएको छ ।
“डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, एक दिनमा चार वटासम्म डोको बनाउन सक्छु”, उहाँले भन्नुभयो । शेर्पासँग डोको, डालो र मान्द्रा बनाउने सीप भए पनि बजारको अभाव छ । माग नहुँदा बिक्री गर्न समस्या भएको उहाँको भनाइ छ । शेर्पाले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थाल्नुभएको हो । घरमै आएर किसानले मान्द्रा किन्न थालेपछि उहाँको व्यस्तता बढेको हो । मान्द्रा बिक्री गरेर शेर्पाले घर खर्च मात्र टार्दै आउनुभएको छैन, आफ्ना छोराछोरीलाई सदरमुकाम चौतारा राखेर पढाउने खर्चको जोहो गर्दै आउनुभएको छ ।
आम्दानीको अन्य स्रोत नभएको र मान्द्रा बुनाइ नै आफ्नो आम्दानीको स्रोत भएको उहाँको भनाइ छ । धान विटा लगाउने मौसम भएकाले पनि यो बेला भकारी बनाउनका लागि मान्द्राको माग अत्याधिक हुने गरेको छ । एउटा मान्द्रा तयार गर्न झण्डै तीन दिन लाग्छ । मान्द्रा रु दुई हजार दुई सयमा बिक्री हुने गरेको शेर्पा बताउनुहुन्छ ।
मान्द्रा बनाउन चाहिने निगालो स्थानीय जङ्गलबाट निःशुल्क उपलब्ध हुन्छ । अरु बेलामा त्यति बिक्री नभए पनि कोदो र धान भित्र्याउने बेलामा भने मान्द्राको माग अत्यधिक हुने गरेको सो वडाका कर्मा स्याङ्बो बताउनुहुन्छ । उहाँ पनि मान्द्रा बुनेर बेच्नुहुन्छ । “उमेरमा यस्तै सिकियो, यसबाटै परिवारको खर्च धानेको छु”, उहाँले भन्नुभयो, “छोराछोरीले सिक्न छाडेका छन् । कसरी पुस्ता धानिएला भन्ने चिन्ता छ ।” युवा पुस्ता विदेश जान थालेकाले सीप हराउने चिन्ता छ ।
अन्न उब्जाउन जमिन छैन । कमाउन अरु इलम छैन । यहाँका अधिकांशले आलु खेती गर्दै आएका छन् । आलुु खेतीबाट स्थानीय आत्मनिर्भर बन्न सकेका छैनन् । मकै र कोदो खेतीमा निर्भर रहँदै आएका यहाँका स्थानीय बँदेललगायत जङ्गली जनावारले दुःख दिँदा हैरान छन् । आलु खेतीको राम्रो सम्भावना भएकाले ‘आलु पकेट क्षेत्र’का रुपमा विकास गर्न सके स्थानीयलाई आत्मनिर्भर बनाउन सकिन्छ ।-रासस
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ