
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
पोखरा, १९ चैत । पोखरा बहुमुुखी क्याम्पसद्वारा पोखरामा आयोजित क्याम्पस र समुदायबीचको छलफल एवं अन्तक्र्रियामा सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएकामा जोड दिइएको छ ।
सामुदायिक शैक्षिक संस्थालाई समुदायको सहयोग अपरिहार्य हुने बताउँदै वक्ताहरूले सामुुदायिक संस्थाको महत्व नबुुझ्दा समस्या पर्ने गरेको बताए । टोल संस्था विकास समन्वय समितिका अध्यक्ष उत्तम जोशीले क्याम्पस सञ्चालक समिति, समुदाय, क्याम्पस प्रशासन, शिक्षक र विद्यार्थी सबैको सहभागितामा सामुदायिक शैक्षिक संस्थाले गति लिने बताउनुभयो ।
गुणस्तरीय र सङ्ख्यात्मकमा मात्र नभई असल संस्कार प्रदान गर्नेतर्फ सामुदायिक शैक्षिक संस्था लाग्नुपर्ने उल्लेख गर्दै उहाँले पछिल्लो पुस्ता संस्कारका सिकाइबाट बिमुख हुँदै गएको बताउनुभयो ।
बाँस्तोलाथर टोल विकास संस्थाका प्रकाश बाँस्तोलाले सामुदायिक क्याम्पसप्रति समुदायको ध्यान तान्न जरुरी रहेको जनाउँदै सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने हो भने सामुदायिक शैक्षिक संस्था अब्बल हुँदै जाने धारणा राख्नुभयो ।
जनकल्याण महिला समूहकी अध्यक्ष विमला परियारले छोराछोरीलाई पढ्न पठाएर मात्र अभिभावकको कर्तव्य पूरा नहुने बताउँदै उनीहरूको पढाइको अवस्थासँगै शिक्षकको अध्यापन शैलीबारे चासो दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले शैक्षिक संस्था र समुदायबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने जनाउँदै सामुदायिक संस्थालाई समुदायको स्वामित्व चाहिनेमा जोड दिनुभयो । पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले समुदायको सद्भावमा मात्र सामुदायिक सम्पत्तिको जगेर्ना हुने बताउनुभयो ।
कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष बद्री श्रेष्ठ, क्याम्पस प्रमुख शिशुकला पराजुलीलगायतले सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएको भन्दै यसको समग्र विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
समुदायकै सहयोगमा विसं २०४४ मा स्थापित क्याम्पस हाल पोखरा महानगरपालिका वडा नं ९ शान्तिवन बाटिकामा सञ्चालन भई चारवर्षे स्नातक तहमा बिए र बिबिएस तहको अध्यापन भइरहेको छ । -रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग