
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
वासिङ्टन । केही प्रतिस्पर्धा रहने भनिएका स्थानहरूको मतगणना पूरा हुँदासम्ममा अमेरिकी राष्ट्रपतिको प्राथमिक निर्वाचनको नतीजा शुक्रबार बिहान सन्तुलित अवस्थामा आएको छ ।
अमेरिकी नेटवर्क प्रक्षेपणका अनुसार डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो वाइडेनले आफूलाई विजय हुन आवश्यक पर्ने २७० इलेक्ट्रोरल भोटमध्ये कम्तीमा २५३ भोट हाँसिल गर्नुभएको छ । परिणाममा एरिजोना समावेश गर्दा वाइडेनलाई कम्तीमा २६४ मत प्राप्त हुने फक्स न्यूज र एसोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेका छन् ।
राष्ट्रपति तथा रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अहिलेसम्म २१४ भोट प्राप्त गरिसक्नुभएको छ भने अझै केही राज्यमा रिपब्लिकन पार्टीको पक्षमा मतदान भएको प्रक्षेपण गरिएको छ । जसका कारण रिपब्लिकन पार्टीले आफ्नो विजय दावी गरिरहेको छ ।
रिपब्लिकन पार्टीको मजबुत अवस्था रहेको भनिएका धेरै स्थानहरूमा अहिले निर्वाचनसम्बन्धी बिषयलाई लिएर विवाद भएको पनि बताइएको छ ।
बिहीबार रातभरको मत गणनापश्चात बाइडेनलाई दक्षिणपूर्वी जर्जियामा १६ भोट आएको छ साथै यसका कारण निर्वाचनमा वाइडेनको निर्वाचन थप बलियो बनेको विश्लेषकहरूले बताएका छन् ।
नाभाडा :
बाइडेनलाई नाभाडामा छ मत प्राप्त भएमा उहाँलाई अमेरिकी नेतृत्वका लागि बाटो सहज हुनेछ तर यसका साथै उहाँले अरिजोनाबाट जित्नु आवश्यक छ । करिब ८९ प्रतिशत मत गन्दासम्ममा पश्चिमी राज्य मेक्का लस भेगासमा बाइडेनले ११ हजार ५०० मतसहित अग्रता कायम गर्नुभएको छ ।
उत्तरी क्यारोलिना:
उत्तरी क्यारोलिनामा रहेका १५ इलेक्ट्रोरल भोटका लागि भएको निर्वाचनमा ९५ प्रतिशत मत गणना हुँदासम्म ७७ हजार मतका साथ राष्ट्रपति ट्रम्पले अग्रता लिनुभएको छ । उहाँलाई करिब ५० प्रतिशतको हाराहारीमा मत परेको छ भने बाइडेनले ४८.६ प्रतिशत मत पाउनुभएको छ ।
दक्षिणपूर्वी यो राज्यमा ट्रम्पको पक्षमा बहुमत देखिएको छ तर निर्वाचनको दिनभन्दा पहिल्यै मेलबाट गरिएको मतदानको नतिजा सार्वजनिक हुन नोभेम्बर १२ गतेसम्म पर्खिनुपर्ने हुन्छ ।
जर्जिया :
जर्जियामा बाडेनमाथि ट्रम्पको प्रारम्भिक अग्रता द्रुत गतिमा खस्किएको देखिएको छ किनभने डेमोक्रेटिक पार्टीको प्रभाव क्षेत्रहरूको मतगणना जारी रहेको छ । पूर्व उप–राष्ट्रपति बाइडेन अहिले अलि अगाडि हुनुहुन्छ । ९८ प्रतिशत मत गणना हुँदासम्म बाइडेनको पक्षमा ४९.४ प्रतिशत मत आएको छ भने एक हजार ९६ मतले बाइडेनको अग्रता कायम रहेको छ ।
जर्जियामा सन् १९९२ मा बिल क्लिन्टनलाई विजय गराएपछि अमेरिकी राष्ट्रपतिमा डेमोक्र्याटको पक्षमा मत परिणाम आउन सकेको छैन ।
१६ इलेक्ट्रोरल भोट भएको जर्जियाले बाइडेन लाई २७० भन्दा तल वा थोरै माथि पु¥याउने छ तर यसका लागि पनि अरिजोनाको नतिजा बाइडेनको पक्षमा आउन आवश्यक छ ।
पेन्सिलभेनिया :
पेन्सिल्भेनियाको सबैभन्दा ठूलो पुरस्कार अर्थात् २० निर्वाचन मतमा ट्रम्प हाल अग्रणी हुनुहुन्छ, तर गणना गर्न बाँकी फिलाडेल्फियाजस्ता बहुमत क्षेत्रहरू डेमोक्रेटिकका झुकाव क्षेत्र मानिन्छन् ।
पेन्सिल्भेनियामा ९५ प्रतिशत मत गणना हुँदासम्म ट्रम्पको अग्रता मात्रै १८ हजार मतमा कायम भएको छ ।
बाँकी क्षेत्र बाइडेनको पक्षमा आउने अनुमान गरिएको छ यद्यपि प्रतिस्पर्धा निकै रोचक देखिएको छ ।
एरिजोनामा ९० प्रतिशत मत गणना हुँदासम्म ४७ हजार बढी मतको अग्रतासाथ बाइडेनलाई ५०.१ प्रतिशत मत प्राप्त भएको छ भने ट्रम्पलाई ४८.५ प्रतिशत मत प्राप्त भएको छ ।
निर्वाचनको मतगणना हेरेर अमेरिकी समाचार संस्थाहरू सीएनएन र एनबीसी निर्वाचन यसैको पोल्टामा पर्छ भन्ने अनुमान गरिहाल्न नमिल्ने बताएका छन् । रासस/एएफपी