
१राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४चुनावी मैदानमा विप्लव
५राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
८राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१२रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
वासिङ्टन । केही प्रतिस्पर्धा रहने भनिएका स्थानहरूको मतगणना पूरा हुँदासम्ममा अमेरिकी राष्ट्रपतिको प्राथमिक निर्वाचनको नतीजा शुक्रबार बिहान सन्तुलित अवस्थामा आएको छ ।
अमेरिकी नेटवर्क प्रक्षेपणका अनुसार डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो वाइडेनले आफूलाई विजय हुन आवश्यक पर्ने २७० इलेक्ट्रोरल भोटमध्ये कम्तीमा २५३ भोट हाँसिल गर्नुभएको छ । परिणाममा एरिजोना समावेश गर्दा वाइडेनलाई कम्तीमा २६४ मत प्राप्त हुने फक्स न्यूज र एसोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेका छन् ।
राष्ट्रपति तथा रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अहिलेसम्म २१४ भोट प्राप्त गरिसक्नुभएको छ भने अझै केही राज्यमा रिपब्लिकन पार्टीको पक्षमा मतदान भएको प्रक्षेपण गरिएको छ । जसका कारण रिपब्लिकन पार्टीले आफ्नो विजय दावी गरिरहेको छ ।
रिपब्लिकन पार्टीको मजबुत अवस्था रहेको भनिएका धेरै स्थानहरूमा अहिले निर्वाचनसम्बन्धी बिषयलाई लिएर विवाद भएको पनि बताइएको छ ।
बिहीबार रातभरको मत गणनापश्चात बाइडेनलाई दक्षिणपूर्वी जर्जियामा १६ भोट आएको छ साथै यसका कारण निर्वाचनमा वाइडेनको निर्वाचन थप बलियो बनेको विश्लेषकहरूले बताएका छन् ।
नाभाडा :
बाइडेनलाई नाभाडामा छ मत प्राप्त भएमा उहाँलाई अमेरिकी नेतृत्वका लागि बाटो सहज हुनेछ तर यसका साथै उहाँले अरिजोनाबाट जित्नु आवश्यक छ । करिब ८९ प्रतिशत मत गन्दासम्ममा पश्चिमी राज्य मेक्का लस भेगासमा बाइडेनले ११ हजार ५०० मतसहित अग्रता कायम गर्नुभएको छ ।
उत्तरी क्यारोलिना:
उत्तरी क्यारोलिनामा रहेका १५ इलेक्ट्रोरल भोटका लागि भएको निर्वाचनमा ९५ प्रतिशत मत गणना हुँदासम्म ७७ हजार मतका साथ राष्ट्रपति ट्रम्पले अग्रता लिनुभएको छ । उहाँलाई करिब ५० प्रतिशतको हाराहारीमा मत परेको छ भने बाइडेनले ४८.६ प्रतिशत मत पाउनुभएको छ ।
दक्षिणपूर्वी यो राज्यमा ट्रम्पको पक्षमा बहुमत देखिएको छ तर निर्वाचनको दिनभन्दा पहिल्यै मेलबाट गरिएको मतदानको नतिजा सार्वजनिक हुन नोभेम्बर १२ गतेसम्म पर्खिनुपर्ने हुन्छ ।
जर्जिया :
जर्जियामा बाडेनमाथि ट्रम्पको प्रारम्भिक अग्रता द्रुत गतिमा खस्किएको देखिएको छ किनभने डेमोक्रेटिक पार्टीको प्रभाव क्षेत्रहरूको मतगणना जारी रहेको छ । पूर्व उप–राष्ट्रपति बाइडेन अहिले अलि अगाडि हुनुहुन्छ । ९८ प्रतिशत मत गणना हुँदासम्म बाइडेनको पक्षमा ४९.४ प्रतिशत मत आएको छ भने एक हजार ९६ मतले बाइडेनको अग्रता कायम रहेको छ ।
जर्जियामा सन् १९९२ मा बिल क्लिन्टनलाई विजय गराएपछि अमेरिकी राष्ट्रपतिमा डेमोक्र्याटको पक्षमा मत परिणाम आउन सकेको छैन ।
१६ इलेक्ट्रोरल भोट भएको जर्जियाले बाइडेन लाई २७० भन्दा तल वा थोरै माथि पु¥याउने छ तर यसका लागि पनि अरिजोनाको नतिजा बाइडेनको पक्षमा आउन आवश्यक छ ।
पेन्सिलभेनिया :
पेन्सिल्भेनियाको सबैभन्दा ठूलो पुरस्कार अर्थात् २० निर्वाचन मतमा ट्रम्प हाल अग्रणी हुनुहुन्छ, तर गणना गर्न बाँकी फिलाडेल्फियाजस्ता बहुमत क्षेत्रहरू डेमोक्रेटिकका झुकाव क्षेत्र मानिन्छन् ।
पेन्सिल्भेनियामा ९५ प्रतिशत मत गणना हुँदासम्म ट्रम्पको अग्रता मात्रै १८ हजार मतमा कायम भएको छ ।
बाँकी क्षेत्र बाइडेनको पक्षमा आउने अनुमान गरिएको छ यद्यपि प्रतिस्पर्धा निकै रोचक देखिएको छ ।
एरिजोनामा ९० प्रतिशत मत गणना हुँदासम्म ४७ हजार बढी मतको अग्रतासाथ बाइडेनलाई ५०.१ प्रतिशत मत प्राप्त भएको छ भने ट्रम्पलाई ४८.५ प्रतिशत मत प्राप्त भएको छ ।
निर्वाचनको मतगणना हेरेर अमेरिकी समाचार संस्थाहरू सीएनएन र एनबीसी निर्वाचन यसैको पोल्टामा पर्छ भन्ने अनुमान गरिहाल्न नमिल्ने बताएका छन् । रासस/एएफपी
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने