
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
पर्वत, १६ चैत । पर्वतको दक्षिण भेग र सदरमुकाम कुश्मा जोड्ने कुश्मा ज्ञादी झोलुङ्गे पुलको मर्मतसम्भार नगरिँदा दुर्घटनाको जोखिम बढेको छ ।
पुल निर्माण भएको दुई दशक पुगिसक्दा पनि मर्मत गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् । पुलमा बिछ्याइएका फलामका डेक उप्कने नटबोल्ट खुकुलो हुने र कुनै कुनै ठाउँमा त नटबोल्ट नहुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् ।
झोलुङ्गे पुलमा मोटरसाइकल गुडाउँदा जोखिम झन बढेको छ । मोदी खोलामाथि रहेको एक सय ३५ मिटर उचाइ र तीन सय ४४ मिटर लम्बाइको सो झोलुङ्गे पुलमा दैनिक तीन सय बढी मोटरसाइकल ओहोरदोहोर गर्दै आएका छन् ।
“गाउँको कृषि उत्पादन बजार ल्याउनेदेखि आधा पर्वत रहेको दक्षिण भेगलाई कुश्मासँग जोड्न पुल निर्माण गरिएको हो”, पुल संरक्षण समितिका अध्यक्ष शिव शर्मा पौडेलले भन्नुभयो, “पुलमा मोटरसाइकल गुडाउन लगाएको रोक हाम्रो प्रयासले मात्र सम्भव भएन ।”
पुल संरक्षण समितिका अध्यक्ष शर्माले पुुल मर्मतका लागि कुश्मा नगरपालिकामा धेरैपटक हारगुहार गरेको भए पनि सुनुवाई नभएको बताउनुभयो । “नगरभित्रको सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो”, उहाँले भन्नुभयो, “जिल्ला विकास समिति हुँदा एकपटक बजेट ल्याएर पुलको सामान्य मर्मत गरेका थियौँ तर स्थानीय सरकार बनेपछि कुनै ध्यान नै दिएको छैन ।”
पर्वतकै पहिलो नमूना कुश्मा ज्ञादी झोलुङ्गे पुलले फलेवास नगरपालिका र तीन गाउँपालिका महाशीला, पैयुँ र बिहादीलाई सदरमुकाम कुश्मासँग जोडेको छ । एक घण्टाको बाटो उकालो र ओरालो गर्दै कुश्मा आउनुपर्ने झन्झट हटेर तीन मिनेटमा सीमित बनेको छ ।
यो पुलपछि सदरमुकाम कुश्मामा मात्रै थप चार अग्ला तथा लामा झोलुङ्गे पुल निर्माण भएका छन् । ती पुलको पनि मर्मतसम्भार हुन नसकेको स्थानीयले बताएका छन् । पुलका लठ्ठा, डेक, नट, बल्टुलगायत समयसमयमा प्राविधिक जाँच गर्नुपर्ने भए पनि तीनै तहका सरकारको ध्यान नपुगेको पुलका परिकल्पनाकार सूर्यप्रकाश पौडेलले बताउनुभयो । उहाँले हरेक वर्ष पुलको प्राविधिक चेकजाँच हुनुपर्नेमा वर्षौंसम्म पनि मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेकोसमेत बताउनुभयो । पैदलयात्रा गर्ने पुलमा मोटरसाइकलसमेत सवार गराउँदा पुलको आयु कम हुँदै गएको उहाँको भनाइ रहेको छ ।
यता कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले सदरमुकाममा रहेका सबै पुलको प्राविधिक चेकजाँच गरी आवश्यक मर्मतसम्भारका लागि कार्यपालिकामा छलफल गरिने बताउनुभएको छ । नगरपालिकाका प्राविधिकलाई पुलको मर्मतका लागि आवश्यक कार्ययोजना निर्माण गर्न भनिएको उहाँको भनाइ रहेको छ । नगरको बजेटले सम्भव भएमा नगरकै र असम्भव भएमा प्रदेश र सङ्घमा माग गरिने बताउनुभयो ।
सदरमुकाम कुश्मालाई ज्ञादीसँग जोड्ने कुश्मा–ज्ञादी झोलुङ्गे पुल, फलेवाससँग जोड्ने बडागाउँ–मुडिकुवा झोलुङ्गे पुल, बागलुङसँग जोड्ने बडागाउँ–कैया झोलुङ्गे पुल र खरेहा–अधिकारीफाँट गरी चार वटा अग्ला र लामा झोलुङ्गे पुल निर्माण गरिएपछि स्थानीयवासीलाई सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको समेत चहलपहल बढ्दै गएको छ । -रासस
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर