News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

राष्ट्रिय सम्पदा संरक्षण समितिका सदस्यलाई तालिम

पोखरा, १२ चैत । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले संस्थाका सदस्यलाई मानवअधिकारका आधारभूत पक्षबारे तालिम दिएको छ । राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशसँगको सहकार्यमा शनिबार कालावाङ होमस्टेमा भएको कार्यक्रममा ३० जना सहभागी भए ।

सहभागीलाई राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रमुख माया देवी शर्मा र मानवअधिकार अधिकृत मोहन काफ्लेले मानवअधिकारका विविध पक्ष, विश्वव्यापी मान्यता र अहिलेका चुनौतीबारे प्रशिक्षण दिए ।

सम्पदाका अध्यक्ष सुनिल पाण्डेले शासन व्यवस्था र समय परिवर्तन भए पनि मानवअधिकार र सम्पदाको क्षेत्रमा अनेक चुनौती विद्यमान रहेको बताए । उनले भने, ‘शासक र समाजका अगुवाको प्राथमिकतामा सर्वसाधारण मान्छेको अधिकार र सम्पदाहरुको संरक्षण पर्न सकेको छैन ।’

कार्यक्रममा सम्पदाका निवर्तमान अध्यक्ष विष्णुहरि अधिकारी, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, उपाध्यक्ष निर्मला कोइराला, महासचिव ठाकुर बराल लगायतले मानवअधिकार र राष्ट्रिय सम्पदाको संरक्षणका विषयमा आआफ्नो भनाई व्यक्त गरेका थिए ।

तालिमपछि सहागीले कालाबाङ क्षेत्रका पर्यटकीय स्थल, सम्पदा, चैतारी र पोखरी लगायत अवलोकन गरेका थिए ।