
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा, २४ माघ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रमोदभक्त आचार्यले सुन्दर पर्यटकीय सहर पोखराले पाहुनालाई कोसेली दिनका लागि हस्तकलाबाट उत्पादित सामग्री बनाउन आवश्यक रहेको जनाएका छन् ।
प्रत्यक्ष अवलोकनमा आधारित हस्तकला तथा सिप विकास तालिम प्रदर्शनीका ४० जना प्रशिक्षार्थीलाई महिला सिप विकास संस्थामा आयोजित प्रमाणपत्र वितरण समारोहमा आचार्यले गण्डकी प्रदेशमा कस्तो प्रकारको सिप सिकाउँदा पूर्ण रूपमा उद्यमी भई आत्मनिर्भर र आर्थिक उपार्जनमा टेवा पुग्छ भन्ने विषयमा परिषद् चनाखो रहेको हुँदा महिला उद्यमीका हातबाट बनाइएका सामग्रीको बजारीकरण तथा विक्री प्रवद्र्धनका लागि सहकार्य गर्न प्रतिबद्ध रहने बताए ।
आचार्यले थपे ‘महिला दिदीबहिनीले तालिमपछि उद्यमी बनेर जीवनस्तरमा परिवर्तन आएको देख्न चाहेको छु ।’ सिप परीक्षणको प्रमाणपत्रका साथै प्रशिक्षकलाई पहिचान गरी प्रमाणपत्र दिने कार्यमा परिषद्ले काम गर्दै आएको जानकारी दिए ।
कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्काले सिप सिकाउँदैमा मात्रै महिलाको जीवनस्तर उठ्दैन्, सिकेको सिपलाई निरन्तरता दिनुपर्छ । तालिमलाई प्रमाणपत्रमा मात्रै सीमित नराखी व्यवहारमा उतारेर उद्यमी बन्न आग्रह गरिन । स्थानीय कच्चा पद्धार्थको सदुपयोग गरी थोरै मकैको खोस्टाबाट पनि आयआर्जन गरी सम्पूर्ण परिवार पाल्न सकिने बताइन् ।
गुडिया कुसन र मकैको खोस्टाबाट सामग्री बनाउने तालिम १२ दिनको ७२ घण्टा छोटो अवधि भएकाले सिपमा निखारता ल्याउन र उद्यमशील बनाउन यसलाई तीन महिने बनाउनुपर्ने, तालिमपछि प्रमाणपत्रको सदुपयोग गर्दै सिर्जनशील बन्नुपर्ने, महिला उद्यमीले तयार गरेका वस्तुको बजारीकरण र प्रवद्र्धन गर्न आवश्यक रहेको धारणा वक्ताहरूले मन्तव्यका क्रममा राखेका थिए ।
कार्यक्रममा अन्नपूर्ण बहुप्राविधिक शिक्षालकी प्राचार्य मोतीमाया सुवेदी, पोखरा उद्योग वाणिज्य संघकी वित्त तथा लेखा प्रमुख सरिता ताम्राकार, कास्की पोखरा हस्तकला संघकी संस्थापक उपाध्यक्ष हिरा भट्टराई, उपाध्यक्ष सीता गुरुङ, विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी मुख्य प्रशिक्षक सविता श्रेष्ठ, प्रशिक्षक हिमकुमारी पुन, प्रशिक्षार्थी सितादेवी पौडेलले सिप सिकाईको महत्व, सिप हस्तान्तरण, महिला सशक्तिकरणका विषयमा बोलेका थिए ।
पोखरा उद्योग वाणिज्य संघद्वारा गत मङ्सिर १६ गतेदेखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा आयोतित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७९ सन्दर्भमा प्रत्यक्ष अवलोकनमा आधारित गुडिया कुसन तथा मकैको खोस्टाबाट बनाइने हस्तकलाका सामग्रीको तालिम सञ्चालन भएको थियो । मेलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश कार्यालय, अन्नपूर्ण बहुप्राविधिक शिक्षालय ढिकुरपोखरीसँग कास्की पोखरा हस्तकला संघले सहकार्य गरेको थियो ।
कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्काको सभापतित्वमा सम्पन्न प्रमाणपत्र वितरण समारोहमा संघकी सदस्य सविता श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन भने सचिव बुद्धिबहादुर पुर्जाले कार्यक्रम सञ्चालन गरेका थिए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने