
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा, ११ पुस । पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) को पाँचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी पौडेल, कोषाध्यक्षमा कमला गुरुङ रहेकी छिन् । समितिका सदस्यहरूमा ईश्वरी पौडेल, शान्ता तिमल्सिना, सरिता बराल क्षेत्री, शारदा लम्साल, संगीता अधिकारी र पवित्रा थापा रहेका छन् । सदस्य ईश्वरी पौडेललाई समितिको कानुन तथा प्रचारप्रसारको संयोजकको जिम्मेवारी समेत प्रदान गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिका संयोजक एवम् टेवानका सल्लाहकार टीकाराम सापकोटा, निर्वतमान अध्यक्ष रेणु थापा मगर, संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री लगायतले टिका तथा खादा लगाएर सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
यस अघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै महिला सिप विकास संस्थाका प्रबन्धक रामकलि खड्काले पछिल्ला समयमा महिलाहरू उद्यमशिलताका क्षेत्रमा अग्रसर बन्दै गएको बताउँदै सशक्तिकरणका लागि प्रत्येक महिलाहरू आयआर्जनसँग जोडिनुपर्ने आवश्यकता औंल्याईन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले पोखरा नेपालको पर्यटनको राजधानी मात्र नभै दक्षिण एशियाको नै उत्कृष्ट गन्तव्य रहेको बताए । पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने अन्तिम तयारीमा रहेको अवस्थामा यसले पोखरालाई अन्तराष्ट्रिय बजारसँग जोड्ने र पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा महिला पर्यटन व्यवसायीहरू संगठित बन्दै अघि बढ्नुपर्नेमा जोड दिदैं परिषद्ले हरेक पर्यटकीय गतिविधिमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
टेवानका अध्यक्ष रेनु थापा मगरले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास टेवानको प्राथमिकतामा रहेको बताउँदै धेरै पर्यटन व्यवसायी महिला संस्थासँग आवद्ध बनेकोमा खुशी व्यक्त गरिन् ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवम् टेवानका सल्लाहकार टीकाराम सापकोटा, टेवानका संस्थापक अध्यक्ष लक्की कार्की, उपाध्यक्ष कमला गिरी, सचिव प्रभा सुवेदी, पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, पोखरा–६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले पोखराको पर्यटन प्रवद्र्धन, विकास र सम्भावना लगायतमा बोलेका थिए ।
टेवानद्वारा रासस गण्डकी प्रदेश प्रमुख पौडेल र कान्तिपुरकर्मी परियार सम्मानित
साधारणसभा एवम् अधिवेशनका अवसरमा राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल र कान्तिपुर राष्ट्रिय दैनिकका कास्की समाचारदाता दीपक परियारलाई सम्मान गरिएको छ ।
पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पु¥याएवापत उहाँहरूलाई सम्मान गरिएको हो ।
पर्यटन व्यवसायी महिला संघ(टेवान) का अध्यक्ष रेनु थापा मगर, महिला सिप विकास संस्थाका प्रबन्धक रामकलि खड्का लगायतले दोसल्ला, कदरपत्र सहित पौडेल र परियारलाई सम्मान गरेका हुन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन