News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

सम्पादक बञ्जारालाई सुशासन पत्रकारिता पुरस्कार प्रदान

पोखरा, २४ मंसिर । लामो समयदेखि खोज पत्रकारिता तथा अनुसन्धानमूलक पत्रकारिता गर्दै आएका सराङकोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जारा ‘सुशासन पत्रकारिता पुरस्कार–२०७९’ बाट सम्मानित भएका छन् ।

सुशासनका लागि नागरिक समाज(सुनास) कास्कीले यो पुरस्कार हरेक वर्ष ९ डिसेम्बरका दिन प्रदान गर्दै आईहेको छ । यो पुरस्कार स्व. इञ्जिनियर लेखबहादुर गुरुङले स्थापना गरेको अक्षयकोषबाट सञ्चालित छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख पार्वती शर्मा र सुनास कास्कीका अध्यक्ष रवीन्द्रनाथ बास्तोलाले संयुक्त रुपमा सम्मान पत्र र नगद राशी सहित पुरस्कार प्रदान गरेका थिए ।

सुनास कास्कीका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको संयोजकत्वमा पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र पत्रकार श्याम कुँवर सदस्य रहेको छनौंट समितिले पत्रकार बञ्जारालाई छनोट गरेका थिए । पत्रकार बञ्जारा हाल नेपाल पत्रकार महासंघ गण्डकीका सचिव र सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीका अध्यक्ष रहेका छन् । उनले देशान्तर साप्ताहिकबाट पत्रकारिता शुरुवात गरेका थिए ।

उक्त पुरस्कारबाट यस अघि दिपक परियार, अर्जुन गिरी र बासुदेव मिश्र सम्मानित भईसकेका छन् ।