
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्योमंसिर ४ गतेको निर्वाचन आउन अब धेरै दिन बाँकी छैन । दलहरु झुण्ड झुण्ड बनाएर गाउँ–गाउँ पुगिरहेका छन् । चुनाव जितेर नफर्किएका उम्मेदवारहरु यसपालि भोट माग्न जनताको दैलोमा पुगेका छन् । विगतमा जस्तो चुनावी रौनक नभएपनि गाउँ–गाउँमा पुगेका नेता अनि उनीहरुका भाषणले चुनाव सबैले जित्ने जस्तै दावी देखिन्छ । तर नेताहरु आउँदा खेतका गराहरुमा धान बटुलीरहेका धेरै किसानहरुलाई कोणसभा र भाषणको कुनै मतलव नै देखिदैंन । सामाजिक सञ्जालहरुमा खेतमा धान काट्दै र चुट्दै गरेका उम्मेदवारहरुदेखि डाँडामा रेल कुदाउने सपना बाँड्ने दलका घोषणापत्र देखेर जनताहरु वाक्क भईसकेका छन् ।
एकातिर सत्तारुढ नेपाली कांग्रेस र माओवादी लगायतको ५ दलको गठबन्धन छ भने अर्को तिर एमालेले पनि राजावादीदेखि पञ्चेहरुसँग घाँटी जोडेर चुनावी मैदानमा उत्रिएको छ । दलहरुको जोडघटाउ सत्ताप्राप्ति कैं लागि छ । हिजोसम्म दलाली गरेर, कानुन मिचेर, घुस खुवाएर, प्राकृतिक डाँडाकाँडा काटेर प्लटिङ गरेर अकुत सम्पत्ति कमाएर तस्करहरु यतिबेला दलहरुमा पैसा बगाएर टिकट प्राप्तिसँगै चुनावी भागदौडमा पटक–पटक देखा परिरहेका छन् । अपराधिक दुनियाँमा चर्चित गुण्डाहरु कोही निर्विरोध त कोही प्रतिस्पर्धामा उत्रिएका छन् । आफूले रोजेको वा जनताले खोजेको इमान्दार नेताहरु भेट्न नै मुश्किल छ । चुनावी टिकट किनबेचमा रमाएका दलहरुका शीर्षस्थ नेताहरुका कारण इमान्दार र कतिवद्ध नेता तथा कार्यकर्ताहरु पलायन हुने स्थितिमा पुगेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’को विद्रोही पार्टीले यसपटक पुनः चुनाव बहिष्कारको घोषणा गरेको छ । गत स्थानीय निर्वाचनलाई उपयोग गर्ने भन्दै ‘स्वतन्त्र’का नाममा ‘पुतली’ चिन्ह लिएर आफ्ना नेता तथा कार्यकर्ताहरु उठाए पनि सोचेजस्तो नतिजा नपाएको नेकपाले यसपटक विथोल्ने चेतावनी दिएको हो । हिजो चुनावमा सहभागी हुने विषयलाई लिएर पार्टी विभाजन भएको अवस्थामा पुनः बहिष्कारको अर्थ कति सान्दर्भिक र सैद्धान्तिक छ त्यो फरक बहसको विषय होला । यस विषयमा पनि गृहमन्त्री बालकृष्ण खाँणले कुनै पनि अप्रिय घटना नदोहोर्याउन सचेत गराउँदै विप्लव नेतृत्वको नेकपालाई परिआएमा जस्तो सुकै कदम पनि चालिने चेतावनी दिईसकेको अवस्था छ ।
सबैले बुझेका छन्, दलहरुका घोषणापत्र भनेका केबल कागजी खोस्टामात्र हुन् । यी घोषणापत्रहरुमा न दम छ, न त जिम्मेवारीको कुनै गन्ध छ । चुनावमा बेलामा झोलमा बिक्नेलाई झोलमा र नगदमा बिक्नेलाई नगदमा खरिद गरेर जसरी पनि चुनाव जित्नु पर्ने ध्याउन्नमा उम्मेदवारहरु लागिपरेका छन् । पोखरा कैं सन्दर्भमा भन्नुपर्दा फेवातालको विषय गम्भिर रुपमा लिईनु पर्ने हो । तर यो घोषणापत्रमा त लेखिन्छ, तर कार्यान्वयन कहिल्यै हुँदैन । फेवातालको पानी र माटो छोएर कसम खाने नेताहरु फेरि चुनावी मैदानमा छन् । तर उनीहरुलाई न त लाज छ, न त कुनै हिनताबोध नै । फेवातालको मुहानमा बनाईका चेकड्याम निर्माणमा भएको करोडौं भ्रष्टाचार र निर्माण गरिएको कमजोर संरचनाहरुका बारेमा पनि नेताहरु मौन छन् । घरघरमा धारो पुगेको छ, तर पानी छैन र पनि यो विषयमा जनता मौंन छन् । न त जनता नैं विरोधमा उत्रिन्छन्, न त नेता नै लजाउँछन् ।
जग्गा दलाली गर्ने दलालहरु राज्यको ढुकुटीको करोडौं रुपैयाँ र योजना आफ्नै सस्तोमा किनेका सयौं रोपनी वरपर बाटो लैजानमा केन्द्रित हुँदा पनि सत्तापक्ष र प्रतिपक्ष दुवै दलहरु मौन छन् । न त यस्ता विषयहरु समाचार नै बन्न सकेका छन् । वेथितिहरुको चाङमा पुरिएका जनताहरुलाई न त नेताको भाषण कर्णप्रिय लाग्न थालेको छ, न त उनीहरुको घोषणापत्रप्रति विश्वास । यो एउटा औपचारिकतामा मात्र सीमित हुन पुगेको छ । ‘जुन चोर आए पनि कानै चिरेको’ भने झैं कुनै पनि दलका नेता वा आश्वासनप्रति जनता ढुक्क देखिदैंनन् । हिजो गरेका वाचाहरु पुरा नहुँदा पनि दलहरु यसप्रति गम्भिर छैनन् । एकले अर्कोको उछितो काढ्दैमा ठिक्क छ । दलहरुको गलत क्रियाकलाप, बढ्दो भ्रष्टाचार, महङ्गी, वेथिति र तस्करहरुको हालीमुहालीका कारण चुनाव केबल एउटा फगत राज्यकोषको ढुकुटी सक्ने खेलमात्र सावित हुन पुगेको छ । तापनि अघिल्लो स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरुले पाएको सफलताका कारण यसपटक बिना पार्टी स्वतन्त्र उठेकाहरु र स्वतन्त्र पार्टी नै गठन गरेर चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु भने निकै हौसिएको देख्न पाईन्छ । यतिबेला उम्मेदवारहरुमा चुनावको रन्को लागेपनि जनताहरुमा उत्साह भने न्यूनमात्र देखिन्छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन