News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पर्यटन समाचार

‘पर्यटन क्षेत्रमा टानको विशेष योगदान’-पूर्वअध्यक्ष सापकोटा

तस्विरः रासस

पोखरा । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलको १६ औं अधिवेशन तथा २७औँ साधारणसभाबाट निर्वाचित कार्यसमितिको आज पदस्थापन भएको छ । नवनिर्वाचित कार्यसमितिलाई संस्थाका पूर्व अध्यक्ष एवम् निर्वाचन संयोजक डम्बर केसीले गोपनीयताको सपथ ग्रहण र प्रमाणपत्र वितरण गरेर पदस्थापन गराउनुभयो । केसीले संस्थागत विकासमा एकजुट भएर सपथको मर्मअनुरुप काम गर्न नयाँ कार्यसमितिलाई आग्रह गर्नुभयो ।

सो समारोहमा संस्थाका पूर्वअध्यक्ष टीकाराम सापकोटाले पर्यटन क्षेत्रमा टानको विशेष योगदान रहेको चर्चा गर्दै नयाँ नेतृत्वले कोरोना कहरबीच पदयात्रा पर्यटनलाई चलायमान बनाउन नवितम् सोचका साथ अघि बढ्नुपर्ने जिम्मेवारी थपिएको बताउनुभयो । निर्वतमान अध्यक्ष हरि भुजेलले आफ्नो कार्यकाल सफल गराउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै पदयात्रा पर्यटनको विकास र प्रवद्र्धनमा नयाँ ऊर्जाका साथ लाग्न आग्रह गर्दैै नयाँ नेतृत्वलाई शुभकामना दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष सुसिलराज पौडेलले विषम् परिस्थिति प्राप्त जिम्मेवारी एक चुनौती रहेको उल्लेख गर्दै आफ्नो नेतृत्वले टानको गरिमालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले १५९ ट्रेकिङसम्बद्ध कम्पनी रहेको जनाउँदै व्यवसायबाट पलायन हुनबाट जोगाउने दायित्वसमेत टानको रहेको उल्लेख गर्नुभयो । सो अधिवेशनबाट प्रथम उपाध्यक्षमा धर्मराज पन्थी, द्वितीय उपाध्यक्ष कृष्ण आचार्य विजयी हुनुभएको छ । त्यसैगरी सचिवमा मिलन तिवारी, कोषाध्यक्षमा किसमकुमारी गुरुङ र सहसचिवमा रेशम अधिकारी निर्वाचित हुनुभएको छ । सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोइराला र विकास गुरुङ निर्वाचित हुुनुभएको थियो । दुई सदस्य पछि मनोनित गरिने नवनिर्वाचित सचिव तिवारीले जानकारी दिनुभयो ।