
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
पोखरा, १ कार्तिक । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधार पौडेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ढिला हुनु भनेको राष्ट्रले नोक्सान व्यहोर्नु भएकाले सञ्चालनमा देखिएका अवरोध छिटो समाधान गरी सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।
यहि पुस महिनामा सञ्चालनमा ल्याउने घोषणा गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार प्रमुख पौडेल सहितको सहितको टोलीले अवलोकन पश्चात् राष्ट्रिय गौरबको योजना अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्या समाधानका लागि छिटो पहल गरेर अघि बढ्नु पर्ने धारणा व्यक्त गरेका छन् । उनले एयरपोर्ट जति छिटो सञ्चालनमा ल्याउन सक्यो उति नै यसको प्रतिफल देश र पोखराले लिन सक्ने भन्दै सबैले साथ आवश्यक रहेको औंल्याए ।
विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थलको ९८.५ प्रतिशतका काम सकिएको जानकारी दिए । प्रमुख मुनाकर्मीले अझै विमानस्थल सञ्चालनका लागि रिठेपानी डाँडा कटान र एयरपोर्ट देखि दुईकिलोमिटरमा रहेको ल्यान्डफिल साइट, आयल निगम डिपो लगायतका केही समस्या समाधानको प्रक्रियामा रहेकाले यस विषयमा सम्बन्धित निकायबाट छिटो पहल भएमा आउँदो पुस १७ गते उडान सम्भव हुने उनको भनाई थियो ।
डाँडा कटान गरेर निस्किएको माटोले नै ल्यान्डफिल साइट पुरिने हुँदा त्यो समस्या पनि छिट्टै समाधान हुने र महानगरले पनि जग्गाको टुंगो लागेको र छिट्टै समाधान हुने आश्वासन आफूले पाएको मुनकर्मीले बताए । अनुगमनमा जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नबराज बराल सहित जिसस कास्कीका सदस्य तथा कर्मचारीहरूको सहभागिता थियो ।
एयरपोर्टको निर्माण कार्य सम्पन्न अगावै नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले २०७८ चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा परराष्ट्रमन्त्री नारायण खड्कालाई एयरपोर्टको चाबी हस्तातरण गरेका थिए । यो विमानस्थल चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा बनेको हो । सन् २०१७ नोभेम्बर १ मा काम सुरु भएको विमानस्थल निर्माण कम्पनीले २०२१ जुलाई १० मा सक्नुपर्ने थियो । तर, कोरोना महामारीको कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले निर्माण समय १ वर्ष थप गरेर बाँकी काम अगाडि बढाएको थियो ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर