
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
पोखरा, ३० असोज । गण्डकी प्रदेशमा पर्यटनका सम्भावना खोज्न र पर्यटनका संघ, संस्था र सोही विषयको उच्च अध्ययन गरेका जनशक्तिलाई एक ठाउँमा ल्याउन विशेष कार्यक्रम गरिने भएको छ । सोमबार स्नातक र स्नातकोत्तरमा पर्यटन र आतिथ्यता अध्ययन गरिरहेका विद्यार्थी, विज्ञ र रोजगारदाताबीच छलफल र सम्भावनाको खोजी हुँदैछ ।
पर्यटन र आतिथ्य क्षेत्रका संघ, संस्था, रोजगारी प्रदायक र शैक्षिक क्षेत्रलाई एकै ठाउँमा ल्याएर त्यसका समस्या पहिचान गर्ने र सम्भावना खोज्ने उद्देश्यले मिट आयोजना गरिएको हो ।
कार्यक्रममा प्राडा रमेशराज कुँवरले नेपालको पर्यटन हिजो, आज र भोलि शीर्षकमा प्रस्तुति राख्ने छन् । नेपाल पर्यटन बोर्डका सिइओ डा धनञ्जय रेग्मीले नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनका सम्भावनालाई सार्थक बनाउने उपायबारे प्रस्तुति राख्ने छन् ।
जनप्रिय बहुमुखी क्याम्पसको आयोजनामा हुने मिटको सहआयोजकमा पोखरा पर्यटन परिषद् छ । यो कार्यक्रमलाई पोखरा महानगरपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, होटल एसोसियसन पोखरा, पर्यटन मन्त्रालयल गण्डकी प्रदेशले सघाएका छन् ।
समारोहमा बिएमटिएमका विद्यार्थी सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने छन् । समारोहमा जनप्रियले स्वायत्त कार्यक्रमका रुपमा सञ्चालन गरिरहेका बिएमटिएम र एमबिए इन हस्पिटालिटी म्यानेजमेन्टबारे प्रकाश पारिनेछ । यी कार्यक्रम अध्ययन गरिरहेका विद्यार्थीहरुले आफ्ना अनुभव सहभागीलाई सुनाउने जनप्रियका क्याम्पस प्रमुख लोकराज भण्डारीले जानकारी दिए ।
यो कार्यक्रममा पोखरा र गण्डकी प्रदेशका प्लस टु सकेका करिब साढे २ सय विद्यार्थी, विद्यालय, क्याम्पस सञ्चालक र विज्ञ गरी ३ सय बढीको सहभागिता रहने क्याम्पप प्रमुख भण्डारीले बताए । कार्यक्रममा गण्डकी प्रदेशमा पर्यटन र अतिथ्यता शिक्षाको अहिलेको अवस्था र सम्भावनाबारे छलफल हुने तय छ । यो प्यानल छलफलमा डा रामजी शर्मा, नेपाल पर्यटन परिषद गण्डकीका काशिराज भण्डारी, बाराही ग्रुप अफ हस्पिटालिटीका कार्यकारी निर्देशक वैभव पौडेल र पोखरा ग्रान्डका जेनेरल म्यानेजर पञ्चम लामा सहभागी हुने छन् ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानोर्बु शेर्पाले नेपालको पर्वतीय पर्यटनबारे भनाइ राख्ने छन् । जनप्रियले प्रकाशन गर्दै आएको जर्नल अफ टुरिजम एन्ड एड्भेन्चरको सातौं अंक पनि सोही समारोहमा सार्वजनिक गरिनेछ । कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्यले महानगरले पर्यटन प्रवद्र्धनका लागि गरेका प्रयास र महानगरका यो क्षेत्रका कार्यक्रमबारे प्रकाश पार्ने आयोजकले जनाएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग