News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

कवि तेजनाथ घिमिरेको निधन

पोखरा, ३१ असार । कवि तेजनाथ घिमिरेको ८३ वर्षको उमेरमा गएराति निधन भएको छ । पोखरा–३ नदीपुरस्थित निवासमा निधन भएका कवि घिमिरेको आज शनिबार विहान नै सेती नदीस्थित तुलसीघाटमा अन्त्येष्टि गरिएको छ ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा तेजनाथ घिमिरे

उनी लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र दम रोगबाट पीडित थिए । उनका दुई श्रीमती, ५ छोरा र २ छोरी छन् । लामो समय शिक्षण पेशामा आवद्ध रहेका उनी पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष एवं कांग्रेस निकट शिक्षक संघ कास्कीका संस्थापक अध्यक्ष समेत हुन् ।

साहित्य, पत्रकारिता, शैक्षिक आन्दोलन तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा घिमिरेका देशकाल, अनावरण, कालचक्र लगायत कृति प्रकाशित छन् ।

डनन्यूज ट्रेन्डिङ