News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पोखरा, २ जेठ । कास्की जिल्लाको रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः नेकपा एमालेका नवराज ओझा र गीमाया गुरुङ विजयी भएका छन् । यसअघि पनि अध्यक्ष जितेका ओझाले यसपटक आफ्ना प्रतिद्वन्द्वीलाई १ हजार ६ सय १२ मतको अन्तरले हराएका हुन् ।

एमालेका ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी गीमाया गुरुङले ४ हजार १ सय ३७ मत प्राप्त गरेकी थिईन् ।

त्यसैगरी, उपाध्यक्षमा नेकपा एमालेका लालसुब्बा गुरुङ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका नारायण श्रेष्ठलाई १ हजार १ सय ७९ को मतान्तरले जितेका हुन् । एमालेका लालसुब्बाले ५ हजार ३ सय ३२ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ४ हजार १ सय ५३ मत प्राप्त गरेका थिए ।

रुपा गाउँपालिकामा रहेका ७ वटा वडाहरुमा वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली काग्रेसले जितेको छ भने वडा नम्बर २, ३, ४, ५, ६ र ७ एमालेले जितेको छ ।

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ