
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
काठमाडौं, ११ चैत । युवा क्रिकेटर रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका छन् ।शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी विरुद्धको खेलमा उनले १२६ रन प्रहार गरेर कीर्तिमान कामय गरेका हुन्। यसअघि यो कीर्तिमान पारश खड्काको नाममा थियो। उनले ११५ रन बनाएका थिए।
यसअघि २८ जनवरी २०१९ मा यूएई विरुद्धको खेलमा खड्काले १०९ बलमा ११५ रन बनाएका थिए। उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी हुन्।
पौडेलले नेपालका लागि १०७ बलमा १२६ रन बनाए। जसमा उनले चार छक्का र सात चौका प्रहार गरे। यो खेलमा नेपाल ६ रनले पराजित भएको छ। पपुवा न्यूगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आठ विकेटको क्षतिमा २८६ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि आरिफ शेखले ३४, कुशल भुर्तेलले ३२, सोमपाल कामी र कमलसिंह ऐरीले १८–१८ तथा भीम सार्कीले १७ र दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए। पुवा न्यूगिनीका लागि नर्मन भनुवाले तीन, चार्ल्स अमिनी र असद भालाले दुई–दुई तथा नोसैना पोकनाले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले आठ विकेटको क्षतिमा २९२ रन बनाएको थियो। पपुवा न्यूगिनीका लागि चार्ल्स अमिनी र असद भलाले अर्धशतक प्रहार गरेका छन्। अमिनीले ७७ र भलाले ६० रन बनाए।
त्यस्तै, पपुवा न्यूगिनीका लागि नर्मल भनुआले ४७, टोली उराले ३८, रिले हेकुरले ३१ र जसुन किलाले १३ रन बनाए। पपुवा न्यूगिनीले २० अतिरिक्त रन पाएको छ। नेपालका कमलसिंह ऐरी, सोमपाल कामी र प्रदीपसिंह ऐरीले दुई–दुई विकेट लिए। त्यस्तै, सन्दीप लामिछाने र पवन सर्राफले एक–एक विकेट लिए।
नेपाल र पपुवा न्यूगिनीबीच दोस्रो एकदिवसीय खेल शनिबार बिहान ९ः३० बजे त्रिवि मैदानमा हुनेछ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने