
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
पोखरा । पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा समेत खेलकूदका भौतिक पूर्वाधार निर्माण गरिएका छन् । सङ्घ, प्रदेश तथा स्थानीय सरकारले खेल पूर्वाधार निर्माणमा लगानी गरेका हुन् । ग्रामीण क्षेत्रमा विद्यालयका खेल मैदानलाई समेत स्तरोन्नति गरी फुटबल तथा भलिबल खेल खेल्न योग्य बनाइएको छ ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बजेटबाट गत आर्थिक वर्ष २०७६/७७ मा जिल्लाका विभिन्न १६ खेल मैदान निर्माण तथा स्तरोन्नति गरिएका जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो ।
ती पूर्वाधारका लागि गत वर्ष रु दुई करोड २० लाख हाराहारीमा लगानी भएको बताइन्छ । भलिबल, फुटबललगायतका खेललाई प्राथमिकता दिएर पूर्वाधार निर्माण भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले विद्यालयस्तरदेखि नै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य लिएको छ, सोही अनुसार सम्भाव्य स्थलदेखि विद्यालयका खेलमैदानसमेत स्तरोन्नति गरेर गाउँ गाउँमा पूर्वाधार निर्माण भइरहेका छन् ।”
पोखरा महानगरपालिका-२३ बाम्दीमा रु ५० लाख लागतमा भलिबल कोर्टसहित एक हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको छ । कोर्ट निर्माणबाट खेलकूद गतिविधि बढ्ने विश्वास जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुली बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पोखरा महानगरकै वडा भए पनि दुर्गम क्षेत्रमा निर्माण गरिएको भलिबल खेल पूर्वाधारले गाउँमा समेत खेलकूदको माहोल बढाउने विश्वास लिएका छौँ ।” भलिबल कोर्ट निर्माणमा वडा कार्यालयले जमिन उपलब्ध गराएको र स्थानीयवासीले श्रमदान गरेको बताइन्छ ।
त्यसैगरी पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ को घान्द्रुकमा आइअल्टिच्युड खेल मैदान निर्माण गरिएको छ । राखेपले गत वर्ष उपलब्ध गराएको रु ५० लाख बजेटबाट सो मैदान निर्माण गरिएको हो । घान्द्रुकको मेश्रम बराह माध्यमिक विद्यालयको खेल मैदान स्तरोरन्नति गरी हाइअल्टिच्युड फुटबल मैदान निर्माण गरिएको हो । उच्च पर्वतीय खेलकूदका माध्यमबाट खेल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।
जिल्ला खेलकूद विकास समितिका अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिका-११ छोम्रोङमा रु १५ लाख लागतमा खेलमैदान निर्माण गरिएको छ । अन्नपूर्णकै वडा नं १ को सिर्जना माविमा रु आठ लाखमा खेलमैदान, पोखरा-१४ मझेरीपाटनमा रु आठ लाख लगानीमा सामुदायिक व्यायामशाला, पोखरा-३१ मा रु आठ लाखमा बेगनास खेलकूद मैदान, पोखरा-१६ मा रु आठ लाख लागतमा बाटुलेचौर खेल मैदान र पोखरा-३३ को शिशु कल्याण माध्यमिक विद्यालयमा खेल मैदान स्तरोन्नति गरिएको छ ।
यसैगरी पोखरा-२१ र पोखरा-१३ मा रु आठ/आठ लाख लगानीमा खेल मैदान निर्माण गरिएको छ । पोखरा-२४ र पोखरा-१८ सराङकोटस्थित शान्त माध्यमिक विद्यालयमा रु पाँच/पाँच लाख लागानीमा खेल मैदान निर्माण गरिएको बताइन्छ ।
पोखरा–२२ को उल्लेखरी खेल मैदान, वडा नं १८ मा सेती खेलमैदान, माछापुच्छ्रे-२ मा गैराखरी र पोखरा-१९ को काउरे खेल मैदानका लागि रु आठ/आठ लाख लगानी भएको कार्यालय प्रमुख बरालले जानकारी दिनुभयो ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान