
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
काठमाडौँ । नेकपासहित पाँच दल र एक मोर्चाले एमसीसीका विरुद्ध अह्वान गरिएको नेपाल बन्द ऐतिहासिक, भव्य र सानदार रूपले सफल भएको निष्कर्ष निकालेका छन् । साथै बन्दमा सघाउने सबै पार्टीका नेता–कार्यकर्ता र जनतालाई धन्यवाद दिएका छन् ।
पाँच दल र एक मोर्चाले बुधबार साँझ संयुक्त प्रेस विज्ञप्ति जारी गरी नेपालबाट एमसीसी कम्प्याक्ट खारेज नहुँदासम्म निरन्तर सङ्घर्षमा डटिरहन देशभक्त नेपाली जनतामा हार्दिक अनुरोध गरेका छन् ।
नेकपा महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले विज्ञप्ति जारी गर्दै एमसीसी कम्प्याक्ट खारेज नहुँदासम्म सङ्घर्षको निरन्तर नेतृत्व गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘नेपाल राष्ट्रको रक्षार्थ ५ कम्युनिस्ट पार्टी र १ मोर्चाले एमसीसी कम्प्याक्टलाई संसद्मा पेस गरी पारित गराउने देउवा सरकारको धृष्टताका विरुद्ध आयोजना गरेको जनसङ्घर्षको नेपाल बन्द कार्यक्रम ऐतिहासिक, भव्य र सानदार रूपमा सम्पन्न भयो । घोषित नेपाल बन्दको कार्यक्रमलाई सफल पार्न सङ्घर्षमा लागिपर्ने पार्टीका नेता–कार्यकर्ताहरू, आफ्नै तरिकाले सङ्घर्ष गर्ने सङ्घ–सङ्गठन एवम् व्यक्तित्वहरू, संसद् भवन र सरकारी गठबन्धनभित्रबाट सङ्घर्ष गर्ने नेता एवम् सांसदहरू र महान् नेपाली जनतामा हार्दिक बधाईसहित धन्यवाद व्यक्त गर्दछौँ ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ।
त्यस्तै उनीहरुले नेपाल बन्दका क्रममा राज्यले गरेको दमन र धरपकडको घोर निन्दा एवम् भत्र्सना गरेका छन् । बन्दलाई सफल पार्न खटिएका नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय संयोजक क. कर्णजित बुढाथोकी सुशील, मेघबहादुर खत्री, जनक विक, कपिल सिँजापति, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेताहरू दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, प्रेम सुवेदी, हरिकृष्ण गजुरेल, दीपक शाही, वसन्त बोगटी, कृष्णभक्त महर्जन, फुर्नाम्गेल मोक्तान, शारदा महतलगायतलाई गिरफ्तार गरिएको भन्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सकल लिम्बु, राजकुमार हिङमाङ, बुद्धलक्ष्मी महर्जन, महावीर विश्वकर्मा, रूपा सुनार, शशि सुनार, भूपाल साङपाङ, मोहन लकान्द्री, उपत्यका र देशैभरिबाट दर्जनौँ नेता र कार्यकर्ताहरूलाई तुरुन्त रिहा गर्न माग ५ दल १ मोर्चाले गरेका छन्।
‘नेपाल बन्दका क्रममा राज्यले गरेको दमन र धरपकडको घोर निन्दा एवम् भत्र्सना गर्दछौँ । बन्दलाई सफल पार्न खटिएका नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय संयोजक क. कर्णजित बुढाथोकी सुशील, मेघबहादुर खत्री, जनक विक, कपिल सिँजापति, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेताहरू दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, प्रेम सुवेदी, हरिकृष्ण गजुरेल, दीपक शाही, वसन्त बोगटी, कृष्णभक्त महर्जन, फुर्नाम्गेल मोक्तान, शारदा महतलगायतलाई गिरफ्तार गरिएको छ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ,- ‘वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सकल लिम्बु, राजकुमार हिङमाङ, बुद्धलक्ष्मी महर्जन, महावीर विश्वकर्मा, रूपा सुनार, शशि सुनार, भूपाल साङपाङ, मोहन लकान्द्रीलाई गिरफ्तार गरेको छ । त्यस्तै उपत्यका र देशैभरिबाट दर्जनौँ नेता र कार्यकर्ताहरूको गिरफ्तारी भएको छ । उहाँहरूलाई तुरुन्त रिहा गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’
त्यस्तै नेपाल बन्दका क्रममा घाइते भएका लोकेश जोशी, फूलमती सापकोटा, भूपाल विक, सुदीप शाही, निगम भण्डारी, चिरायु भेटवाल, मनोज बुढा, दिनेश नेपाली, निराजन धामीलगायत सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना पनि नेताहरुले गरेका छन् ।
‘नेपाल बन्दका क्रममा घाइते हुनुभएका क. लोकेश जोशी, क. फूलमती सापकोटा, भूपाल विक, सुदीप शाही, निगम भण्डारी, चिरायु भेटवाल, मनोज बुढा, दिनेश नेपाली, निराजन धामीलगायत सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालबाट एमसीसी कम्प्याक्ट खारेज नहुँदासम्म निरन्तर सङ्घर्षमा डटिरहन देशभक्त नेपाली जनतामा हार्दिक अनुरोध गर्दै हामी सङ्घर्षको निरन्तर नेतृत्व गरिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग