
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
काठमाडौँ । नेकपासहित पाँच दल र एक मोर्चाले एमसीसीका विरुद्ध अह्वान गरिएको नेपाल बन्द ऐतिहासिक, भव्य र सानदार रूपले सफल भएको निष्कर्ष निकालेका छन् । साथै बन्दमा सघाउने सबै पार्टीका नेता–कार्यकर्ता र जनतालाई धन्यवाद दिएका छन् ।
पाँच दल र एक मोर्चाले बुधबार साँझ संयुक्त प्रेस विज्ञप्ति जारी गरी नेपालबाट एमसीसी कम्प्याक्ट खारेज नहुँदासम्म निरन्तर सङ्घर्षमा डटिरहन देशभक्त नेपाली जनतामा हार्दिक अनुरोध गरेका छन् ।
नेकपा महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले विज्ञप्ति जारी गर्दै एमसीसी कम्प्याक्ट खारेज नहुँदासम्म सङ्घर्षको निरन्तर नेतृत्व गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘नेपाल राष्ट्रको रक्षार्थ ५ कम्युनिस्ट पार्टी र १ मोर्चाले एमसीसी कम्प्याक्टलाई संसद्मा पेस गरी पारित गराउने देउवा सरकारको धृष्टताका विरुद्ध आयोजना गरेको जनसङ्घर्षको नेपाल बन्द कार्यक्रम ऐतिहासिक, भव्य र सानदार रूपमा सम्पन्न भयो । घोषित नेपाल बन्दको कार्यक्रमलाई सफल पार्न सङ्घर्षमा लागिपर्ने पार्टीका नेता–कार्यकर्ताहरू, आफ्नै तरिकाले सङ्घर्ष गर्ने सङ्घ–सङ्गठन एवम् व्यक्तित्वहरू, संसद् भवन र सरकारी गठबन्धनभित्रबाट सङ्घर्ष गर्ने नेता एवम् सांसदहरू र महान् नेपाली जनतामा हार्दिक बधाईसहित धन्यवाद व्यक्त गर्दछौँ ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ।
त्यस्तै उनीहरुले नेपाल बन्दका क्रममा राज्यले गरेको दमन र धरपकडको घोर निन्दा एवम् भत्र्सना गरेका छन् । बन्दलाई सफल पार्न खटिएका नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय संयोजक क. कर्णजित बुढाथोकी सुशील, मेघबहादुर खत्री, जनक विक, कपिल सिँजापति, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेताहरू दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, प्रेम सुवेदी, हरिकृष्ण गजुरेल, दीपक शाही, वसन्त बोगटी, कृष्णभक्त महर्जन, फुर्नाम्गेल मोक्तान, शारदा महतलगायतलाई गिरफ्तार गरिएको भन्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सकल लिम्बु, राजकुमार हिङमाङ, बुद्धलक्ष्मी महर्जन, महावीर विश्वकर्मा, रूपा सुनार, शशि सुनार, भूपाल साङपाङ, मोहन लकान्द्री, उपत्यका र देशैभरिबाट दर्जनौँ नेता र कार्यकर्ताहरूलाई तुरुन्त रिहा गर्न माग ५ दल १ मोर्चाले गरेका छन्।
‘नेपाल बन्दका क्रममा राज्यले गरेको दमन र धरपकडको घोर निन्दा एवम् भत्र्सना गर्दछौँ । बन्दलाई सफल पार्न खटिएका नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय संयोजक क. कर्णजित बुढाथोकी सुशील, मेघबहादुर खत्री, जनक विक, कपिल सिँजापति, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेताहरू दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, प्रेम सुवेदी, हरिकृष्ण गजुरेल, दीपक शाही, वसन्त बोगटी, कृष्णभक्त महर्जन, फुर्नाम्गेल मोक्तान, शारदा महतलगायतलाई गिरफ्तार गरिएको छ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ,- ‘वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सकल लिम्बु, राजकुमार हिङमाङ, बुद्धलक्ष्मी महर्जन, महावीर विश्वकर्मा, रूपा सुनार, शशि सुनार, भूपाल साङपाङ, मोहन लकान्द्रीलाई गिरफ्तार गरेको छ । त्यस्तै उपत्यका र देशैभरिबाट दर्जनौँ नेता र कार्यकर्ताहरूको गिरफ्तारी भएको छ । उहाँहरूलाई तुरुन्त रिहा गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’
त्यस्तै नेपाल बन्दका क्रममा घाइते भएका लोकेश जोशी, फूलमती सापकोटा, भूपाल विक, सुदीप शाही, निगम भण्डारी, चिरायु भेटवाल, मनोज बुढा, दिनेश नेपाली, निराजन धामीलगायत सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना पनि नेताहरुले गरेका छन् ।
‘नेपाल बन्दका क्रममा घाइते हुनुभएका क. लोकेश जोशी, क. फूलमती सापकोटा, भूपाल विक, सुदीप शाही, निगम भण्डारी, चिरायु भेटवाल, मनोज बुढा, दिनेश नेपाली, निराजन धामीलगायत सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालबाट एमसीसी कम्प्याक्ट खारेज नहुँदासम्म निरन्तर सङ्घर्षमा डटिरहन देशभक्त नेपाली जनतामा हार्दिक अनुरोध गर्दै हामी सङ्घर्षको निरन्तर नेतृत्व गरिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर