
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
ध्रुवसागर शर्मा, गलेश्वर, ४ फागुन । पश्चिमदेखि पूर्वतर्फ मोहोडा गरेर लमतन्न फैलिएको विशाल र सुन्दर फाँट । फाँटैभरि पहेँलै भएर फुलेको तोरी र गहुँबालीको हरियाली । फाँट बीचभागमा कालेपत्र गरिएको सडक । सडकबाट उत्तरतर्फ फर्केर हेर्दा दन्तलहरजस्तै देखिने धवलागिरि, निलगिरिलगायत हिमशृङ्खला । केही समयदेखि सामाजिक सञ्जालमा निकै भाइरल बनेको रच्नेचौरको सुन्दरताबारे व्यापक चर्चा हुने गरेको छ ।
म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौरको सुन्दरता अहिले सामाजिक सञ्जालभरि छाएको छ । अवलोकन र कृषि पर्यटनका लागि सम्भावनायुक्त यही ठाउँमा एउटा यस्तो ऐतिहासिक र प्राकृतिक सम्पदा पनि छ, जो वर्षौँदेखि प्राकृतिक सुन्दरताका पारखीलाई कुरेर बसेको छ । त्यो ठाउँ हो धवलागिरि हिमालको प्रतिविम्ब देखिने ऐतिहासिक बूढोपोखरी ।
बूढोपोखरीको इतिहास तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहसँग जोडिएको छ । राजा गिर्वाणयुद्धका मिरसुब्बा रहेका रत्नचौरका वसन्त बोगटीले १८६६ सालमा राजाको इच्छा अनुसार सो पोखरी निर्माण गर्न लगाएको प्रमाण छ । तत्कालीन समयमा रत्नेचौरमा पानीको हाहाकार भएपछि मानव बस्ती नै विस्थापित हुने अवस्था आएकाले ढोडेनीबाट पानी ल्याई यो पोखरी निर्माण गरिएको बताइन्छ ।
धवलागिरि क्षेत्रभित्र प्रशस्तै प्राकृतिक पोखरी भए पनि रत्नेचौरको बूढोपोखरीभन्दा ठूला मानव निर्मित पोखरी नभएकाले पनि यो चर्चित छ । तत्कालीन समयमा खानेपानी समस्याले आजित भएका स्थानीयवासीले निकै मेहेनत गरेर यो पोखरी बनाएका रच्नेचौरको विकासका लागि खटिरहनुभएका भानु माध्यमिक विद्यालयका प्राचार्य भरत खत्रीले बताउनुभयो ।
रत्नेचौरमा पानीको अभाव भएको कुरा आफ्ना मिरसुब्बामार्फत राजा गिर्वाणयुद्धले थाहा पाएपछि राजाको इच्छाअनुसार नै पोखरी निर्माण गरी ढोडेनी खोलासम्म नहर खनी पानी ल्याइएको इतिहास छ । ठूलो सङ्ख्यामा जनशक्ति प्रयोग गरी पोखरी निर्माण गरेपछि रत्नेचौरमा खेतीपाती गर्न थालिएको थियो । पोखरी आसपास क्षेत्रमा बगैँचा विस्तार गर्न सात रोपनी जग्गा छ । अहिले सोही जग्गामा बगैँचालगायतका केही पूर्वाधार थप गर्न थालिएको छ । पोखरीको पनि अहिले नयाँ स्वरुपमा मर्मतसम्भार गरिएको छ ।
अहिले पोखरीमा पानी भरिएको छ । घाम लागेका बेलामा धवलागिरि हिमालको पूर्ण प्रतिविम्ब पोखरीमा देखिने गर्छ । त्यतिबेला यहाँको सौन्दर्य अत्यन्तै चित्ताकर्षक हुने गरेको स्थानीयवासी रमेश बोगटीले बताउनुभयो । बेनी–बागलुङ सडकखण्डको छेऊमै रहेकाले त्यस सडकबाट ओहोरदोहोर गर्ने यात्रु पोखरीमा पुगेर फोटो खिच्ने गर्छन् । पोखरीको प्रचार हुन नसक्दा पर्यटकीय सम्भावना बोकेको बूढोपोखरी ओझेल परेको प्रअ खत्रीले बताउनुभयो ।
“पर्यटकलाई पोखरीले आर्कषित गरेको छ, आसपासका क्षेत्रमा थप पूर्वाधार विस्तारको तयारीमा छौँ”, बेनी नगरपालिका–१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले भन्नुभयो । विगतमा पोखरी मर्मत तथा केही पूर्वाधार थपिएको सुनाउँदै उहाँले थप संरचना निर्माण गर्न बजेट माग गरिएको बताउनुभयो । “पुरानो इतिहास देखाउँदै नयाँ संरचना बनाउन जुटेका छौँ”, खत्रीले भन्नुभयो । पोखरीबाटै धवलागिरिसहितको हिमशृङ्खला तथा त्यस आसपासका रमणीय दृश्य देख्न सकिन्छ । रत्नेचौरमा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ भने क्षेत्रीय स्तरको खेलमैदान, कालोपत्र सडकलगायत पूर्वाधार छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग