
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको सरकारले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णय गरेको भन्दै विप्लव नेतृत्वको नेकपासहित ५ राजनीतिक दलले आज नेपाल बन्द आह्वान गरेका छन् ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णयसँगै पाँच दलीय संयुक्त मोर्चाले नेपाल बन्दको आह्वान गरेको हो । बन्दले राजधानी काठमाडौँसहित बनेको छ ।
विप्लव नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माओवादी केन्द्र समाजवादी, वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र देशभक्त जनगणतान्त्रिक मोर्चाले संयुक्त रुपमा नेपाल बन्दको आह्वान गरिएको छ ।
नेपाल बन्दका कारण लामो र छोटो दूरीका सवारी साधान चलेका छैनन् भने जनजीवन विहानैबाट प्रभावित भएको छ । बिहानी सेवाका स्कुल कलेजहरु बन्द छन् । त्यस्तै बजार व्यवसाय पनि ठप्प छ ।
एमसीसी टेबुल गर्ने निर्णयविरुद्ध विरोधलाई रोक्न सरकारले राजधानी काठमाडौँसहित ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्रि प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखि शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।
ति पार्टी सम्बद्ध मोर्चाले नेपालमा एमसीसीको बहस सुरु हुन बितिकै सुरुदेखि नै एमसीसी सम्झौता खारेजीको माग गर्दै आन्दोलन गर्दै आइरहेका छन् ।
एमसीसी राष्ट्रघाती भएको र सत्ता गठबन्धन दलहरुले उक्त सम्झौता संसदबाट पारित गरी लागु गर्न खोजेको भन्दै विरोध जनाएका उनीहरुले एमसीसी संसदमा नलिएर खारेज गर्नुपर्ने माग गरिरहेका छन् ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जबरजस्त भएपनि संसदमा एमसीसी लैजाने पक्षमा उभिएपछि सत्ता गठबन्धन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी समर्थन नगर्ने बताएका छन् । त्यस्तै राष्ट्रिय जनामोर्चालगायतका साना पार्टीले पनि एमसीसीको विरोध जनाउँदै आएका छन् ।
नेपाली काँग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले एमसीसी टेबुल गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै देशभर विरोध सुरु भएको छ । यसअघि रोकेपनि सरकारले निर्णय नै गरिसकेपछि टेबुल गर्नुपर्ने कानुनी बाध्यतामा सभामुख अग्नि सापकोटा रहेका छन् ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर