काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना (एमसीसी) भोलि बस्ने संसद बैठकमा टेबल गर्ने भएको छ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल हुने भएपछि सो को विरोधमा विभिन्न दलहरुले आन्दोलन सुरु गर्ने घोषणा गरेका छन।
एमसीसी विरोधी प्रदर्शन चर्कन सक्ने भन्दै सो सम्भालाई लक्षित गर्दै सरकारले नयाँ बानेश्वर स्थित संसद भवन वरपर थप सुरक्षा सतर्कता बढाएको छ । गृह मन्त्रालयले उपत्यकाभर र विशेषगरी नयाँ बानेश्वर स्थित संसद् भवन वरपरको क्षेत्रमा सुरक्षा सर्तकता बढाएको हो।
एमसीसीको विरोधमा पछिल्लो समय संसद् भवन अगाडि दिनहुँ प्रदर्शनहरु भइरहेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवन वरपर आजैदेखि सुरक्षाकर्मीको संख्या दोब्बर बनाइएको बताइको छ। घेरा तोड्न खोज्नेलाई प्रहरीले तत्काल नियन्त्रणमा लिने छ।