लगातार चार दिनसम्म घटेको सुनको मूल्य फेरि उकालोतर्फ लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य लगातार चार दिनदेखि बढ्दै आएको जनाएको हो ।
यसअघि, माघ १३ गतेदेखि सुनको मूल्य ओरालो लाग्न थालेको थियो । माघ १२ गते प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य १३ गते घटेर ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसपछि माघ १४ गते तोलामा ९२ हजार ६०० र १५ गते पनि घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसयता, माघ १६ गतेदेखि निरन्तर उकालो लाग्दै आज तेजाबी सुनको प्रतितोला मूल्य ९२ हजार ७०० रुपैयाँ पुगेको छ ।
यस्तै,आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
हिजो बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० र तेजाबी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको कारोबार मूल्य स्थिर छ ।
हिजो तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।