News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश समाचार

सुन प्रतितोला चार सयले घट्यो, चाँदीको कति ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार (आज) नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९१ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार चाँदीको भाउ पनि घटेको छ । शुक्रबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँमा भएको छ ।