News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

प्रधानसेनापतिबाट रथी हमाललाई दर्ज्यानी चिह्न प्रदान 

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै पदोन्नति भएका ईश्वर हमाललाई रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उहाँलाई रथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मन्त्रिपरिषदको गत असार ६ गतेको बैठकले उपरथी हमाललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ मिशनमा रथी हमालले फोर्स कमाण्डरको जिम्मेवारी सम्हाली रहनुभएको छ । नेपाली सेनामा हाल दुई रथीको दरबन्दी रहेको छ । रथी हमाल सैनिक संगठनमा बौद्धिक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।

प्रतिक्रिया