News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो दिनमा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार २६७ जनामा कोरोना परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सोही अवधिमा २३९ जना निको भएका छन् । यद्यपि पछिल्लो २४ घण्टामा कसैको कोरोनाबाट मृत्यु भने भएको छैन । हाल देशभर सक्रिय संक्रमित ५ हजार २२५ जना रहेका छन् ।

भने त्यसमध्ये संस्थागत आइसोलेशनमा ३ हजार ७३ जना रहेका छन् भने बाँकी होम आइसोलेशनमा रहेका छन् । यसअघि मंगलबार देशभर ३९३ जनामा कोरोना संक्रमण देखिएको थियो भने सोमबार सोमबार ३२६ र आइतबार २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।