News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

नेपालमा बढ्न थाल्यो कोरोना, आज ४३५ जना संक्रमित थपिए

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० र ३ हजार ५५२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६५ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या शून्य छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २३९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।