News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

लक्षित वर्गका लागि सुरु गरिएको बुस्टर डोज अभियान स्थगित

काठमाडौँ । सरकारले मंगलबार सुरु गरेको बुस्टर डोज खोप अभियान स्थगित गरिएको छ । सरकारले ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई बुस्टर डोज खोप अभियान सुरु गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी थप छलफल गरी फेरि अभियान सञ्चालन गरिने भन्दै हालका लागि अभियान स्थगित गरिएको बताएको छ।

सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनी सोमबार सूचना जारी गरेको थियो ।

तर त्यसै सूचनाअनुसार खोप केन्द्रमा पुगेका जेष्ठ नागरिक र दीर्घरोगीले खोप पाएका थिएनन् ।