
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
महेन्द्रनगर, १६ पुस । गत वर्ष सरकारले ४२ परिवार मुक्तहलियालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत यहाँको पुर्नवास नगरपालिका–९ सीताबस्तीमामा पुनःस्थापना ग¥यो । १२ धुर जग्गा र दुईकोठे पक्की भवन उनीहरुलाई हस्तान्तरण गरे पनि बस्तीमा खानेपानी, बिजुलीलगायतका पूर्वाधार अझै पूरा भएको छैन । “४२ परिवार मुक्तहलिया भएको यो बस्तीमा दुईवटा नल्का (धारा) छन् ।” मुक्तहलिया बस्तीका सिर्जना सुनारले भन्नुभयो, “सरकारले घरबास त दियो, बेरोजगारी समस्याले फेरि हलिया नै बस्नुपर्ने अवस्था छ ।” उहाँले बस्तीमा बिजुलीको व्यवस्था पनि राम्रोसित हुन नसकेको बताउनुभयो ।
यहाँको मोतियाफाँटाबाट मुक्तहलियालाई सीताबस्तीमा पुनःस्थापना गरेको भए पनि स्थानीयलाई आयमूलक काममा लाग्न मद्दत हुने विभिन्न सीपमूलक तालिम माग गरेका छन् । “भारतीयले जङ्गलबाट दाउरा ल्याउन दिएन भने घरमा चुलो नै बल्दैन ।” राधिका सुनारले भन्नुभयो, “बस्तीका सबै महिला सिलाइकटाइलगायतका सीपमूलक तालिम पाए काम गरेर खाने थिए ।”
उहाँले आयआर्जनका लागि स्थानीयदेखि सङ्घीय सरकारले मुक्तहलियाका लागि केही पनि सहयोग नगरेको गुनासो गर्नुभयो । “दलितका नाउँमा आउने सहयोग कस्तो हुन्छ हामीलाई त थाहा नै छैन ।” सुनारले भन्नुभयो, “दलितभित्र पनि निम्न आयस्रोत भएकालाई कुनैखालको सुविधा उपभोग गर्न पाएनौँ ।” बस्तीका अधिकांश पुरुष भने रोजगारीका लागि भारत जानुका साथै गाउँघरमै ज्यालादारी गरिरहेका छन् ।“हलियाबाट मुक्त भए पनि पारिवारिक अवस्था दयनीय नै छ ।” मुक्तहलिया बस्तीका मञ्जु विश्वकर्माले भन्नुभयो, “मुलुकमा जतिसुकै विकास भए पनि मुक्तहलियाको दैनिकीमा दुःख नै रहे ।”
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान