
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
सानेबहादुर नेपाली
तनहुँ, १४ पुस । व्यास नगरपालिका–५ चापाघाटको सिर्दीस्थित बङ्गुर फार्ममा अहिले ४० बङ्गुर छन् । योसँगै फार्म सुङ्गुर र बँदेल गरी पाँच छन् ।
तनहुँका झलकबहादुर आलेको सो फार्ममा अहिले रु १५ लाख मूल्य बराबरका बङ्गुर, सुगुर रहेका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित सिर्दीमा रु २२ लाखमा दश रोपनी जग्गा किनेर बङ्गुरपालन व्यवसाय सुरु गर्नुभएका आलले मासु र पाठापाठी बेचेर दैनिक रु ४० हजारदेखि एक लाख लाखसम्मको कारोवार गर्छ । ‘फार्म’मा लगानी बढेर अहिले करिब एक करोड पुगेको अनुमान उहाँको छ ।
ऋषिङ गाउँपालिका–५ राम्जाकोटबाट विसं २०६० मा दमौली झर्नुभएका आलेले सुरुमा मासु व्यवसाय गर्नुभयो । विसं २०७० मा मासु व्यवसायसँगै उहाँले बङ्गुरपालन सुरु गर्नुभयो । ‘फार्म’मा आलेको परिवारबाहेक अन्य दुई जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उहाँले निर्माण गरेका नौ वटा खोरमा बङ्गुर ४०, सुङ्गुर र बँदेल पाँच गरी कूल ४५ वटा रहेका छन् । उहाँले दमौलीमै मासु पसल लाइनमा तीन वटा मासु पसल खोल्नुभएका छ । बङ्गुर काटेर आफू र अन्य मासु व्यवसायीलाईसमेत होलसेलमा बिक्री गर्दै आउनुभएको छ ।
मासु पसल र बङ्गुरपालन व्यवसायबाट आलेले व्यास–३ देउराली नगरमा तीन तले पक्की घर निर्माण गर्नुभएको छ । बङ्गुर र राँगो पाल्नका लागि दुईजना कर्मचारीको व्यवस्थापन गरिएको र उनीहरुलाई खाना बस्न दिएर मासिक रु बीस हजार तलब दिइरहेको आलेले बताउनुभयो । “एक महिना पुगेका पाठापाठीलाई पाँच हजार पर्छ, मासुको बजार मूल्य भने अहिले प्रतिकेजी रु ४०० छ”, उहाँले भन्नुभयो । एउटै बङ्गुरले १७ वटासम्म पाठापाठी जन्माउँदछन् । थोरैमा पनि पाँच÷छ वटा जन्मन्छन् । एकसाथ धेरै माउ ब्याउँदा खोर भरिभराउ हुन्छ । तीन महिना २१ दिनमा बङ्गुर ब्याउँछ । मासु भन्दा पाठापाठी बेच्दा बढी फाइदा उठने गरेको उहाँको भनाइ छ ।
“मासिक त्यस्तै १२÷१५ लाखसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म सबै लगानीमै गएको छ, खर्च पनि उस्तै छ ।” लगानी थप्दै गएपछि पछि मुनाफा बढ्ने उहाँको विश्वास छ । अहिले भएको खोर अपुग देखिएकाले थप्ने योजना छ । बङ्गुरको दाना, कामदार व्यवस्थापन र ढुवानीमा बढी खर्च छ । ठूलो लगानीमा बङ्गुरपालन सुरु गरे पनि सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको उहाँको गुनासो छ ।
उक्त क्षेत्रमा रहेका ३६ वटा मासु व्यवसायीमध्ये बङ्गुरपालन गरी बङ्गुरको धेरै मासु बिक्री गर्ने आले नै हुनुहुन्छ । अधिकांश मासु पसलमा उहाँले नै बङ्गुर, सङ्गुरको मासु पठाउने गरेको छ । उहाँका अनुसार बँदेलको मासु प्रतिकिलो रु ६००, सुङगुर रु पाँच सय र बङ्गुर÷राँगो रु चार सयमा बिक्री गर्ने गरेको उहाँकी श्रीमती कृष्णमायाले बताउनुभयो ।
“मासु पसलमा तीनजना जनशक्ति राखेर ग्राहकलाई सेवा प्रदान गर्दै आएका छांै”, उहाँले भन्नुभयो, “कोभिडको समयमा मासुको व्यपार कमी भए पनि अहिले पुरानै अनुपातमा मासु बिक्री हुन थालेको छ ।” पछिल्लो समय मासु र पाठापाठीको माग बढेपछि बङ्गुरपालन व्यवसाय फस्टाएको छ । राम्रो कमाइका लागि किसान बङ्गुरपालनमा आकर्षित छन् । कम समयमै राम्रो प्रतिफल आउने हुँदा बङ्गुरपालन बढेको जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर