News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश समाचार

आज पनि घट्यो सुनको भाउ

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घट्दै ९३ हजार एक सय रुपैयाँमा झरेको हो ।

गत बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै घट्दै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तर, यता चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै शुक्रबार प्रतितोला एक हजार २६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।