
१गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
२घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
३आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
४रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
५आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
६पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
७सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
८युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
९महान्यायाधिवक्ताको विवादास्पद निर्णय
१०नेपाली काँग्रेसको सभापतिमा गगन थापा
११तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।
बुधबार बस्ने तय भएको बैठक मंगलबार स्थगित गरिएको थियो । तर अर्को बैठकको मिति टुंगो छैन । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार बैठकको अर्को मिति तोकिएको छैन ।
न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा-बढुवा लगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीश जबराले बुधबार दिउँसो ३ बजे बैठक राखेका थिए । कानून व्यवसायी र सहकर्मी न्यायाधीशहरूको असहयोगका कारण न्याय सम्पादनको कामबाट अलग रहेका प्रधानन्यायाधीश जबराले न्याय सेवाको प्रशासनिक जिम्मेवारीहरू रहने आयोगको बैठक बोलाएपछि यसलाई चासोका साथ हेरिएको थियो ।
तर आयोगका सदस्यसमेत रहेका लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी काठमाडौं उपत्यका बाहिर रहेकाले न्याय सेवा आयोगको बैठक स्थगित गरिएको प्रवक्ता कार्कीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय सेवा आयोगमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, लोक सेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहन्छन् । न्याय सेवा ऐन २०७३ मा आयोगको अध्यक्ष र अन्य दुई जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या पुग्ने र बहुमतले निर्णय गर्न सक्ने व्यवस्था छ । तर बैठक स्थगित हुनुको कारणबारे लोक सेवा आयोगका अध्यक्षको अनुपस्थितिलाई मात्रै उल्लेख गरिएको छ ।
यद्यपि अन्य सदस्यहरु पनि सहभागी नहुने संकेत पाएपछि प्रधानन्यायाधीश जबराले बैठक स्थगित गरेको हुनसक्ने अनुमान छ । किनभने मंगलबार नेपाल बार एशोसिएसनका पदाधिकारीहरूले आयोगका सदस्य एवम् कानुनमन्त्री दिलेन्द्र प्रसाद बडु र महान्यायाधिवक्ता खम्बहादुर खातीलाई भेटेर बैठकमा सहभागी नहुन आग्रह गरेका थिए । अर्का सदस्य एवम् सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीले प्रधानन्यायाधीशसँग इजलासमा नबसेका कारण उनी बैठकमा नजाने सूचनाहरु सार्वजनिक भएका थिए ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि सर्वोच्चका अधिकांश न्यायाधीशहरु र कानून व्यवसायीहरु उनले मार्गप्रशस्त गरिदिनुपर्ने पक्षमा छन् । कानून व्यवसायीहरुले त नेपाल बार एशोसिएसनको अगुवाईमा दुई महिना अगाडिदेखि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर