News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

५७ जिल्लामा १२ देखि १७ वर्षका बालबालिकालाई कोरोनाविरूद्धको खोप दिइँदै

काठमाडाै‌ । सरकारले ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरूद्धको मोडर्ना खोप दिन सुरू गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (पुस ४) देखि पुस १४ गतेसम्म लगाउन मिल्न गरि खोप दिन सुरू गरिएको जनाएको छ।

खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाका लागि झन्डै साढे १८ लाख खोप पठाइएको जानकारी दिए।

उनले एकैपटक सबै जिल्लालाई पुग्ने खोप अहिले नरहेकाले सुरूमा ५७ जिल्लामा दिइने र थप खोप आएपछि बाँकी रहेका जिल्लाहरूमा पठाइने बताए।

५७ जिल्लामा प्रदेश १ का ११ वटा, प्रदेश २ का ५ वटा, बागमतीका ७ वटा र गण्डकीका ९ वटा छन्। यसैगरी लुम्बिनी र कर्णालीका ९ वटा र सुदूरपश्चिमका ७ वटा जिल्लाहरू छन्।

मन्त्रालयका अनुसार पुस ४ देखि १४ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा दिइनेछ।