
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
बागलुङ । खाद्यवस्तु, इन्धनलगायतको बजार भाउ बढेको जनाउँदै यहाँका रेष्टुराँ व्यवसायीले खाद्य परिकारमा मूल्य समायोजन गरेका छन् । हालै सम्पन्न रेष्टुराँ व्यवसायीहरुको बैठकले मःम र चाउमिनमा नयाँ दररेट कायम गर्ने निर्णय गरेको थियो । भेज, बफ मःम एक प्लेटको नयाँ मूल्य रु. एक सय २० र चिकेन मःमको रु. एक सय ४० तोकिएको छ ।
यसअघि भेज र बफ मःम प्रतिप्लेटको मूल्य रु. एक सय थियो । चिकेन मःमको रु. एक सय २० थियो । यस्तै भेज चाउमिन एक प्लेटको रु. एक सय २०, बफको रु. एक सय ५० र चिकेनको रु. एक सय ७० दररेट कामय गरिएको छ ।
भेज चाउमिन आधा प्लेटको रु. ६०, बफको रु. ९० र चिकेनको रु. एक सय मूल्य राखिएको छ । व्यवसायीले पाँच वर्षको अन्तरमा मःम र चाउमिनको मूल्य बढाएका हुन् ।
‘बजारमा सबैथोकको मूल्य बढेकाले रेष्टराँमा पनि त्यसको प्रभाव परेको हो, यो व्यवसायीको बाध्यता हो’ बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले भने । उनका अनुसार रेष्टुराँमा बढी चल्ने मःम र चाउमिनमा मात्रै मूल्य थप गरिएको हो । अन्य परिकारको दररेट भने पुरानै यथावत छ । नयाँ दररेट आजैदेखि लागू भएको सङ्घले जनाएको छ ।
‘पाँच/छ वर्ष भइसकेको थियो मूल्य नबढेको, रेष्टुराँ व्यवसायीहरुको माग अनुसार मूल्य समायोजन गरिएको हो,’ उनले भने । बजारमा ग्यास, तरकारीदेखि दैनिक उपभोग्य वस्तुको मूल्य वर्षेनी बढ्दो छ ।
सङ्घको तथ्याङ्कअनुसार जिल्लाभर दुई सयभन्दा बढी रेष्टुराँ छन् । यसमा करोडौँमा लगानी छ भने सयौँले रोजगारी पाएका छन् । शहरी क्षेत्रमा रेष्टुराँ संस्कृति बढेसँगै स्तरीय रेष्टुराँ खुल्ने क्रम पनि उत्तिकै छ । रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ