
१गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
२घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
३आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
४रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
५आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
६पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
७सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
८युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
९महान्यायाधिवक्ताको विवादास्पद निर्णय
१०नेपाली काँग्रेसको सभापतिमा गगन थापा
११तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित आठ राजनीतिक पार्टी र मोर्चाले भोलि अर्थात् मङ्गलबार संसद् भवन घेराउ गर्ने भएका छन् । आज मात्रै काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गरेका उनीहरुले भोलि संसद भवन घेराउ गर्न लागेका हुन् ।
आज राजनीतिक पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य सहभागितामा एमसीए कार्यालय घेराउ गरी आन्दोलनकारीहरूले सम्झौता खारेज नभएसम्म सङ्घर्ष जारी रहने बताएका छन् ।
नेकपा केन्द्रीय समितिका सचिवालय सदस्य कञ्चनले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने धारणा राख्दै सम्झौता खारेज नभएसम्म सङ्घर्ष जारी रहने उद्घोष गरे ।
नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टीले सोमबार आयोजना गरेको काठमाडौँस्थित एमसीए कार्यालय घेराउ गर्ने कार्यक्रममा नेकपा नेता कञ्चनले भारतमा बजार विस्तार गर्न र चीनलाई कमजोर बनाउन अमेरिकाले नेपालमा एमसीसी ल्याएको बताए ।
एमसीसी सम्झौता पारित भएमा नेपाली सेना, प्रहरी र कर्मचारीले एउटा अमेरिकी अधिकारीको इसारामा चल्नुपर्ने अवस्था उत्पन्न हुने पनि बताए । उनले साम्राव्यवादी षड्यन्त्र र हस्तक्षेप अन्त्य गर्न पनि यो सम्झौता पारित हुन र लागू हुन दिन नहुने बताए ।
कार्यक्रममा देजमो नेपालका नेता सीपी गजुरेलले एमसीसी जनताको टाउकोमाथि तेस्र्याइएको तरबार रहेको बताए । एमसीसी खारेज गर्न सबै नेपाली जनताले चाहेको तर शासकहरूले साम्राज्यवादको कठपुतली बनेर यसलाई लागू गर्ने षड्यन्त्र गरिरहेको उनको भनाइ थियो । उनले पनि सम्झौता खारेज नभएसम्म आन्दोलन जारी रहने बताए ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (माले) का महासचिव सीपी मैनाली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका आहुती, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले गत बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीए कार्यालय र संसद् भवन घेराउलगायत सङ्घर्षका कार्यक्रम घोषणा गरेका थिए ।
यसै क्रममा संसद्बाट एमसीसी पारित नगर्न चेतावनी दिँदै भोलि संसद् भवन घेरिन लागेको हो । घेराउ कार्यक्रममा हजारौँ देशभक्त तथा क्रान्तिकारीहरूको उपस्थिति हुने बताइएको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर