News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

कांग्रेस महाधिवेशन- देउवा गरे मतदान

काठमाडौँ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान जारी छ । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै शुरू भएको मतदानमा सभापतिका उम्मेदवारहरूले पनि मतदान गरेका छन् ।

सभापतिका उम्मेदवार शेरबहादुर देउवा मतदान गरेर राष्ट्रिय सभा गृहबाट १२: ४५ मा बाहिरिएका छन् । ढिला गरी मतदानस्थल पुगेका उनले करिव एक घण्टा प्रतिनिधिहरुसँग भोट पनि मागेका छन् ।

देउवा प्यानलसहित सभापतिको उम्मेदवार बनेका छन् । उनलाई डा.शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरूङले सभापतिमा चुनौती दिएका छन् ।

बिहान ८ बजे मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान थालिएको थियो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन् ।