
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
पोखरा, २२ मङ्सिर । गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी पुसमा नाटक लेखन कार्याशालासहितका विभिन्न छ कार्यक्रम आयोजना गर्ने भएको छ ।
साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन खोजेको प्रतिष्ठानले पुसमा नाटक लेखन कार्यशालासहित नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला, स्थापित जातिको भाषाको कार्यशाला, पञ्चेबाजा प्रशिक्षण, कवि गोष्ठीका साथै मुख्यमन्त्रीसँग बाल साहित्य कार्यक्रम दोस्रो शृङ्खला आयोजना गर्ने प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार नाटक लेखन कार्यशाला पुस १ देखि ११ गतेसम्म बिहान १०.०० देखि साँझ ५.०० बजेसम्म गरिनेछ । एघार दिनसम्म पूरा समय दिनसक्ने व्यक्तिलाई मात्र कार्यशालामा सहभागी गराउने जानकारी दिँदै उहाँले सहभागिताका लागि नाटकको नमूना पठाउनुपर्ने बताउनुभयो । इच्छुकले एक हजार शब्दमा नबढाई नमूना नाटक लेखेर मङ्सिर २३ गते बेलुका ५.०० बजेसम्म पठाइसक्नुपर्ने आयोजकले जनाएको छ । आवेदनमा परेका नाटकमध्येबाट बढीमा आठ आवेदकलाई उत्कृष्टताका आधारमा छनोट गरी कार्यशालामा सहभागी गराउने तयारी गरिएको कार्यक्रमका संयोजक प्राज्ञ सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
पोखरा प्रज्ञा प्रतिष्ठान कार्यशालाको आयोजक हो भने पोखरा थिएटरको सहआयोजक छ । पोखरा थिएटरको गन्धर्व नाटक घरमा आयोजना हुने कार्यशालाको सहजीकरण लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले गर्नुहुनेछ । यस अगाडि गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक निर्देशन कार्यशाला सम्पन्न भएको छ ।
प्रतिष्ठानको आयोजनामा पुस ४ बाट ८ गतेसम्म स्याङ्जा जिल्लाको वालिङमा नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला गरिने प्रतिष्ठानले जनाएको छ । सप्तक सङ्गीत सांस्कृतिक केन्द्रसँगको सहकार्यमा हुन लागेको कार्यशालामा २५ जनालाई सहभागी गराइने कार्यक्रम संयोजक प्राज्ञ गमबहादुर गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै स्थापित जाति विस्थापित भाषाको दुई महिने कार्यशाला पुस १० गतेदेखि गरिने र यो प्रदेशका माग भएका जिल्लामा गरिने सदस्यसचिव श्रेष्ठले जानकारी दिनुभयो । गण्डकी प्रदेशअन्तर्गतका ८४ जातिमध्ये क्रमाङ्क १ देखि २० सम्मका २० जातिको अध्ययन गरिने र प्रत्येकको तीन संस्कृति तथा पाँच बाजाको अध्ययन गरेर ती जाति, संस्कृति र बाजाका बारेमा पुस्तक तयार पार्ने प्रतिष्ठानको योजना छ ।
अध्ययनलाई आधार बनाएर विद्यालयअन्तर्गतको पाठ्यक्रम तयार गर्ने र आउने नयाँ शैक्षिक सत्रबाट ऐच्छिक विषयका रूपमा विद्यालयमा लैजाने प्रतिष्ठानको तयारी रहेको श्रेष्ठले जानकारी दिनुभयो । प्रतिष्ठानले पुस महिनामा नै पञ्चेबाजा प्रशिक्षण कार्यक्रम गर्ने तयारी गर्नुका साथै पुस महिनाको दोस्रो हप्ता म्याग्दीमा कवि गोष्ठीको आयोजना गर्न लागेको छ ।
प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यसको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिष्ठान सधैँ क्रियाशील बन्ने कुलपति सूर्य खड्का विखर्चीले जानकारी दिनुभयो । प्रदेशका भाषा, साहित्य, लोक साहित्य, संस्कृति, ललितकला, नाट्यकला, सङ्गीतको अध्ययन, अनुसन्धान र संवद्र्धनका लागि निरन्तर कार्य गर्ने उहाँले बताउनुभयो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई