
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२चुनावी मैदानमा विप्लव
३राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
९माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१०रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
११प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, २२ मङ्सिर । गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी पुसमा नाटक लेखन कार्याशालासहितका विभिन्न छ कार्यक्रम आयोजना गर्ने भएको छ ।
साहित्यका सबै विधालाई एकसाथ अगाडि बढाउन खोजेको प्रतिष्ठानले पुसमा नाटक लेखन कार्यशालासहित नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला, स्थापित जातिको भाषाको कार्यशाला, पञ्चेबाजा प्रशिक्षण, कवि गोष्ठीका साथै मुख्यमन्त्रीसँग बाल साहित्य कार्यक्रम दोस्रो शृङ्खला आयोजना गर्ने प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार नाटक लेखन कार्यशाला पुस १ देखि ११ गतेसम्म बिहान १०.०० देखि साँझ ५.०० बजेसम्म गरिनेछ । एघार दिनसम्म पूरा समय दिनसक्ने व्यक्तिलाई मात्र कार्यशालामा सहभागी गराउने जानकारी दिँदै उहाँले सहभागिताका लागि नाटकको नमूना पठाउनुपर्ने बताउनुभयो । इच्छुकले एक हजार शब्दमा नबढाई नमूना नाटक लेखेर मङ्सिर २३ गते बेलुका ५.०० बजेसम्म पठाइसक्नुपर्ने आयोजकले जनाएको छ । आवेदनमा परेका नाटकमध्येबाट बढीमा आठ आवेदकलाई उत्कृष्टताका आधारमा छनोट गरी कार्यशालामा सहभागी गराउने तयारी गरिएको कार्यक्रमका संयोजक प्राज्ञ सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।
पोखरा प्रज्ञा प्रतिष्ठान कार्यशालाको आयोजक हो भने पोखरा थिएटरको सहआयोजक छ । पोखरा थिएटरको गन्धर्व नाटक घरमा आयोजना हुने कार्यशालाको सहजीकरण लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले गर्नुहुनेछ । यस अगाडि गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक निर्देशन कार्यशाला सम्पन्न भएको छ ।
प्रतिष्ठानको आयोजनामा पुस ४ बाट ८ गतेसम्म स्याङ्जा जिल्लाको वालिङमा नेवार समुदायको कुमारी र धिमे नृत्यको कार्यशाला गरिने प्रतिष्ठानले जनाएको छ । सप्तक सङ्गीत सांस्कृतिक केन्द्रसँगको सहकार्यमा हुन लागेको कार्यशालामा २५ जनालाई सहभागी गराइने कार्यक्रम संयोजक प्राज्ञ गमबहादुर गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै स्थापित जाति विस्थापित भाषाको दुई महिने कार्यशाला पुस १० गतेदेखि गरिने र यो प्रदेशका माग भएका जिल्लामा गरिने सदस्यसचिव श्रेष्ठले जानकारी दिनुभयो । गण्डकी प्रदेशअन्तर्गतका ८४ जातिमध्ये क्रमाङ्क १ देखि २० सम्मका २० जातिको अध्ययन गरिने र प्रत्येकको तीन संस्कृति तथा पाँच बाजाको अध्ययन गरेर ती जाति, संस्कृति र बाजाका बारेमा पुस्तक तयार पार्ने प्रतिष्ठानको योजना छ ।
अध्ययनलाई आधार बनाएर विद्यालयअन्तर्गतको पाठ्यक्रम तयार गर्ने र आउने नयाँ शैक्षिक सत्रबाट ऐच्छिक विषयका रूपमा विद्यालयमा लैजाने प्रतिष्ठानको तयारी रहेको श्रेष्ठले जानकारी दिनुभयो । प्रतिष्ठानले पुस महिनामा नै पञ्चेबाजा प्रशिक्षण कार्यक्रम गर्ने तयारी गर्नुका साथै पुस महिनाको दोस्रो हप्ता म्याग्दीमा कवि गोष्ठीको आयोजना गर्न लागेको छ ।
प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यसको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिष्ठान सधैँ क्रियाशील बन्ने कुलपति सूर्य खड्का विखर्चीले जानकारी दिनुभयो । प्रदेशका भाषा, साहित्य, लोक साहित्य, संस्कृति, ललितकला, नाट्यकला, सङ्गीतको अध्ययन, अनुसन्धान र संवद्र्धनका लागि निरन्तर कार्य गर्ने उहाँले बताउनुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने