News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश समाचार

२० अर्ब रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दैछ । बैंकले सर्ट ट्रम लोनको रुपमा १४ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त रकम सापटी दिन लागेको हो ।

बिहीबार अर्थात् मंसिर ९ गते दिउँसो २ बजे जारी हुने उक्त रिपो आगामी मंसिर २३ गते परिपक्व हुनेछ । उक्त रिपोका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

आवेदन राष्ट्र बैंकको वेबसाइटमा नै उपलब्ध गराइएको छ । बजारमा तरलता (लगानीयोग्य रकम) अभाव रहेको अवस्थामा बैंकले रिपोमार्फत रकम व्यवस्थापन गर्दै आइरहेको छ । यसअघि पनि बैंक यसैगरी रिपो जारी गर्दै आएको छ ।

डनन्यूज ट्रेन्डिङ