News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

तोलामै १६०० ले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको थियो ।