News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

७ दिनदेखि हराइरहेकी महिला मृत फेला

गोरखा। एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराएकी थिइन् ।

उनलाई सोमबार साँझ गोरखा नगरपालिका–१२ खत्रेबेँसीस्थित दरौदीखोला किनारमा मृत फेला पारिएको हो । तामाङको शव परीक्षणका लागि गोरखा अस्पतालमा ल्याइ थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।