News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

नेता बस्नेत अस्पताल भर्ना

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन् । रुघाखोकी र ज्वरो देखिएपछि उनलाई सोमबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहेका नेता बस्नेत रुघाखोकी र ज्वरो आएपछि काठमाडौँ आएका नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिए । उनी पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजकसमेत हुन् ।