
१आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
२पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
३एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
४बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
५श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
६पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
७जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
८पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
९समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
१०संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
११‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
१२लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
६पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
९पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१०सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
११कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१२पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परितर्वनले ल्याएका सङ्कटका बारेमा चिन्ता व्यक्त गरेकी छन् । पुनःनिर्मित स्वयम्भूस्थित ज्ञानमाला भजन खलःको आज उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण विश्व नै सङ्कटतर्फ धकेलिएको बताइन । उनले भनिन्, ‘जलवायु परिवर्तनबाट सिर्जित समस्याको सामना गरिरहनुपर्ने अवस्थामा छौँ ।
जलवायु परिवर्तनका कारण सिर्जित समस्याको असर हामीले भोगिरहेका छौँ । विश्वको जलवायु परिवर्तनको सङ्कटको धक्का हामीलाई पनि लागेको छ ।’
काठमाडौँ विश्वकै उत्कृष्ट सांस्कृतिक नगरका रुपमासमेत चिनिएको भए पनि धुवाँधुलोका कारणले गर्दा प्रदूषण फैलिएर यहाँको जनस्वास्थ्यमा गम्भीर क्षति पुर्याइरहेकामा चिन्ता व्यक्त गर्दै उनले यसबाट बच्न पर्यावरणलाई स्वच्छ र सन्तुलित कायम राख्नुपर्नेमा जोड दिए ।
राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको असर रोक्न अनूकलनका औजार तथा साधनको प्रयोग गर्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।
उनले काठमाडौँ उपत्यकामा इँटाभट्टा र पेट्रोलियम सवारीका कारण प्रदूषण बढेको भन्दै धेरै प्राकृतिक ऊर्जाको प्रयोग हुने क्षेत्रमा विद्युत्को प्रयोग गर्न सकिए प्रदूषण र व्यापार घाटा कम हुने बताइन् ।
‘वायु प्रदूषणको असर कम गर्न विद्यमान यातायात व्यवस्थालाई विद्युतीय यातायातमा रुपान्तरण गर्नुपर्छ’, उनले भनिन्, ‘काठमाडौँ उपत्यकामा मात्र विद्युतीय सवारी सञ्चालनको व्यवस्था गर्न सकिए यहाँका वातावरण स्वच्छ हुन्छ, पेट्रोलियम पदार्थको आयातका कारण थपिएको बोझ कम हुन्छ, यसबाट वायुप्रदूषण कम हुने मात्र नभई व्यापार घाटा सन्तुलनमा ल्याउन पनि बल पुग्छ ।’
राष्ट्रपति भण्डारीले आयात वृद्धिसँगै दिन प्रतिदिन मुलुकको व्यापार घाटा बढिरहेकामा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्न जरुरी रहेको बताइन् । नेपालमा रहेको स्वच्छ विद्युतीय ऊर्जाको ठूलो भण्डारलाई आत्मनिर्भरताका लागि प्रयोग गर्न सुझाव दिदैँ उनले नेपाल कृषि प्रधान देश भए पनि कृषिजन्य र वनजन्य उत्पादनमा हामी आत्मनिर्भर हुन नसक्दा मुलुकले ठूलो व्यापार घाटा व्यहोर्नुपरेको बताइन ।
‘प्रकृतिक सम्पदा र स्रोतले भरिपूर्ण देश भएर पनि हामीले त्यसलाई राष्ट्रको सम्मुन्नति र जनजीवनको समृद्धिका लागि आवश्यकताअनुसार प्रयोग गर्न नसक्दा चुलिएको व्यापार घाटाको अवस्थाले गर्दा हामी परनिर्भरतातर्फ गइरहेको छौँ’, उनले भनिन्, ‘मुलुकको विकासका लागि आत्मनिर्भरतामा ध्यान दिनुपर्छ, आत्मनिर्भर हुनसक्ने हामीसँग पर्याप्तमात्रामा स्रोत र साधन छन् ।’
राष्ट्रपति भण्डारीले मुलुकको समृद्धिमा स्थानीय साधन स्रोतको उचित प्रयोग गर्नुपर्नेमा जोड दिँदै आत्मनिर्भरतामार्फत परनिर्भरतालाई कम गर्दै लैजानुपर्ने बताइन ।
‘परनिर्भरतालाई कम गर्दै लैजान हामीसँग भएका स्रोतसाधनको प्रयोग गर्नुपर्दछ’, उनले भनिन्, ‘मुलुकमा विद्युत् उत्पादन बढिरहेको छ, तर हामीले पर्याप्त प्रयोग गर्न सकेका छैनौँ ।’
विद्युत्को आन्तरिक खपत बढाउन पर्याप्त पूर्वाधार नरहेको भन्दै उनले स्वदेशमै उत्पादित विद्युत्को प्रयोग गरेर वायु प्रदूषण र व्यापार घाटा कम गराउन सकिने बताइन् ।
१धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले